SKIP THIS

IK Anniversary
IME Life

बंगलादेशस्थित बीमा विकास तथा नियमन प्राधिकरणको अध्यक्षमा डा. होसैन नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । बंगलादेशको नियामक निकाय बीमा विकास तथा नियमन प्राधिकरणको अध्यक्षमा प्रशिद्ध बीमा विज्ञ डा. मो. मोशार्रो होसैनलाई नियुक्त गरेको छ । बंगलादेश सरकारले चार दिन पहिले डा. होसैनलाई इड्राको अध्यक्षमा नियुक्त गरेको हो । बंगलादेशको वित्तीय मन्त्रालयले जनाए अनुसार सेप्टेम्वर २७ गते एक सूचना जारी गर्दै बीमाको नियामक निकाय इड्रामा होसैनलाई नियुक्त गरेको उल्लेख छ ।

डा. होसैन गत अगस्ट देखि नै इड्राको कामु अध्यक्ष थिए । सन् २०१८ को अप्रिल ४ मा इड्राको सञ्चालकमा नियुक्त भएका उनलाई अब बीमा सम्बन्धी नियामक निकायको पूर्ण अधिकार दिइएको हो । उनले बंगलादेशमा सञ्चालित थुप्रै बीमा कम्पनीहरुमा २६ वर्ष सिईओ भएर काम गरिरसकेका छन् । उनी कुशल वित्त प्रशासक भएको र उनको कार्यकालमा बंगलादेशको बीमा क्षेत्रमा उल्लेख्य सुधार हुने विश्वास गरिएको छ ।

Prabhu
Crest

बंगलादेशमा ७० वटा जीवन बीमा र निर्जिवन बीमा कम्पनीहरु सञ्चालित छन् । बंगलादेश सरकारले बीमा विभागलाई सन् २०११ मा बीमा विकास तथा नियमन प्राधिकरणको रुपमा स्थापना गरेको थियो ।*

*अपडेट गरिएको ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS