बीमा किन गर्ने ?

Citizen Life Insurance Co

कमल सिलवाल

भर्खरै एउटा समाचारले सबैलाई तरङ्गित बनायो । समाचार थियो १३र१४ वर्ष अगाडीसम्म करोडपतिका रुपमा चिनिएका भारतिय व्यवसायी अनिल अम्बानिको । सन २००७ दाजु भाइ विच सम्पति बाँडफाँड हुदा अनिल अम्बानि भारतका तेस्रो सबैभन्दा धनि व्यक्ति थिए जोसँग अरबौँको सम्पति थियो । व्यवसायिक घरानाका यी व्यक्ति १३ वार्षको अवधिमा यसरी ओरालो लागे कि अहिले उनी घरका गरगहना बेच्नु पर्ने अवस्थामा छन् ।१

भारतको एउटा समाचार माध्यममा एक जना अभावको जीवन बाँचेकी बृद्ध महिलाको सन्दर्भमा समाचार प्रकाशित भए पछि ती बृद्द महिलाको बारेमा धेरै नै कुराहरु बाहिर आए । कुनै समयमा केरलाको प्रशिद्ध विद्यालयकी कुशल गणित शिक्षकलाई उमेरको उत्तरार्धमा कसैले रेल्वेस्टेशनमा अत्यन्तै नाजुक अवस्थामा भेटेर सोधखोज गर्दा उनी विगतमा शिक्षक रहेको र हाल परिवारबाट अलग्गिएर यस्तो अवस्थामा पुगेको थाहा भए पछि उनका पुराना विद्यार्थीहरुले उनको उद्दार गरी सुरक्षित आवसको व्यवस्था गरे ।२

यी त प्रतिनिधि समाचार मात्र हुन् । सुनिएका र पढिएका । लेखिन नभ्याइएका र देखिन नपुगेका यस्ता हजारौ कथाहरु छन् हाम्रा वरिपरि । वर्तमान मानिस जसरी भए पनि बाँच्नु पर्छ भन्ने मनोविज्ञानबाट ग्रसित छ । जे जसरी हुन्छ आजको हाँसो र रमाइलो नै जीवन हो भन्ने सतही अवधारणाले गर्दा हरेक उमेरका व्यक्तिहरुमा भोलिको लागि योजना र बचत गर्ने बानि बिरलै भेटिन्छ । हामीले माथिका दुई प्रसंगबाट मनन् गर्नु पर्ने केही कुराहरु प्रस्तुत गर्न चाहन्छु ।

पहिलो प्रसंगः
अनिल अम्बानी विश्वमै १०औँ नम्बरमा रहेका धनी व्यक्ति मुकेश अम्बनीका भाइ हुन । व्यवसायमा पारिवारिक सम्बन्धले स्थान नपाए पनि पुख्र्यौलि इज्जत धान्न कै लागि मात्र भए पनि भोलि मुकेशले भाइ अनिलको हात समातेर फेरि माथि उठाउलान् । यो अपेक्षा गर्न सकिन्छ । तर आज हामी आफुलाई केन्द्र बनाएर बिचार गरौँ त । हामी जुन पेशा वा व्यवसायमा आवद्ध छौँ, भोलि कुनै कारणले तल माथि भएमा हाम्रा लागि कुनै मुकेश अम्बानि छन् कि छैनन् हाम्रो हात समातेर माथि तान्ने ?

दोस्रो प्रसंगः
क्षमता र प्रतिभा शरिरले साथ दिइन्जेल मात्र हो । जब शरिर गल्छ नि अनि हरेक क्षमताहरु आफैँ सेलाएर जान्छन् । ती शिक्षका जसले जीवनकालमा आफ्नो प्रतिभा र क्षमताको प्रदर्शनबाट अर्जित सम्पतिको थोरै अंश व्यवस्थित बचत सुरक्षित योजनामा लगाएको भए आज कसैले रेल्वे स्टेशनबाट उद्दार गर्नु पर्ने थिएन । एक पटक सोचौ, असल शिक्षकका असल विद्यार्थीले उनलाई उद्दार गरे र आवासको सम्म व्यवस्था गरे । हामी कुनै कारणले त्यस हालमा पुग्यौँ भने, भेटिएलान त्यस्ता उद्दारक ?

जीवन अबिच्छिन्न निरन्तर यात्रा हो । यो यात्रामा सहज र असहज जस्ता सुकै परिस्गितहरु आउन सक्छन् । सहज अवस्थामा योजना र संकल्प गर्न सकिएन भने भोलिको आफ्ना सपनाहरु आफैले च्यात्नु पर्दा मुटु च्याते जत्तिकै पीडा हुन्छ । त्यसो नहोस भन्नका लागि हरेक व्यक्तिले आफ्नो लागि र परिवारको लागि गर्ने व्यबस्थित र भरपर्दो योजनाको नाम नै बीमा हो ।

अधिकांश मानिस बीमा गर्न किन चाहदैनन ?
नेपालमा बीमाको इतिहास धैरै लामो छैन । बीमा ऐन २०४९ ले बीमा समितिको निर्माण गरेदेखि बीमा सम्बधि गतिबिधिहरु व्यवस्थित र विस्तारित हुदै विकसित हुने क्रममा अभिकर्ताहरुलाई प्रशिक्षित गर्दा आफन्त र परिवार भित्र केन्द्रित पद्दति अपनाइयो । अभिकर्ताहरुले आफन्तसंग बीमाको विषयमा कुरा गर्दा बिमितको विषयमा नभई ‘मेरा लागि यति गर्दिनुस् न’ भन्ने उद्गारबाट आम मानिसमा बीमा भनेको अभिकर्ताको फाइदाको लागि गर्नुृ पर्ने रहेछ भन्ने गलत सोचको बिकास भएको पाइन्छ । त्यो सँगसँगै बीमाको सन्दर्भमा जतिजति बेला कुरा भयो ‘केहि गरी मृत्यु भएमा’ भन्ने वाक्य पटक पटक उच्चारित भयो । संसारका कुनै पनि मानिस आफ्ने मृत्युको बारेमा कल्पना पनि गर्न चाहदैन । त्यसैले बीमा भनेको मरे पछि पैसा आउने कुरा हो भनेर अपव्याख्या भयो । यो संगसंग बीमा कम्पनीहरुले आफ्ना अभिकर्ता तथा लक्षित ग्राहकहरुलाई बीमा शिक्षामा स्तरबृद्धि गर्न गराउन नसकी पुरानै शैलिको पछि लाग्न वा पुरानै पाराले सोच्न बाध्य परिनु पनि धेरै कारण मध्ये एक हो ।

बीमा किन गर्नु नै पर्छ त ?
माथिका दुइ प्रसंगहरुले बीमाको आवश्यकता र महत्वलाई झनै प्रस्ट पारेका छन । बीमा जीवनको लागि अति अनिवार्य किन छ भन्ने प्रश्नलाई केहि बुँदा मार्फत प्रस्ट्याउन प्रयत्न गरिएको छ ।
१. बीमा व्यवस्थित र योजना सहितको बचत हो । प्रत्येक बीमा कम्पनीहरु नेपाल सरकारद्धारा संरक्षित बीमा समितिको रेखरेद तथा नियमनमा रहेका व्यवस्थित संस्थाहरु हुन । प्रत्येक बीमा कम्पनीहरुले आफ्ना ग्राहाकको पुनर्विमा गरेका हुन्छन जसले गर्दा विमा अन्य संस्थाहरुमा गरेको बचत भन्दा धेरै गुणा सुरक्षित र भर पर्दो हुन्छ । बीमामा गरिने प्रत्येक बचतहरु केवल बचत मात्र नभइ कुनै न कुनै योजना अन्तगर्तका बचत भएकोले भोलिको प्रतिफल पनि अन्य बित्तिय संस्थाहरुमा गरिने बचत भन्दा उत्कृष्ट हुन्छ ।
२. बीमा, बीमित (बीमा गर्ने व्यक्ति) ले आफ्ना लागि गर्ने हो । बीमालेखमा छानिएको योजना तथा बीमा बचतको प्रत्यक्ष लाभग्राहि बिमित नै हो । कसैले ‘मेरा लागि गरिदिनु न’ भन्छ भने त्यो भन्ने व्यक्तिको गलत बुझाइ वा कमजोरी मात्र हो । जहाँसम्म विमितले बीमा गर्दा तिरेको किस्ताबाट अभिकर्ताले लिने कमिशनको कुरा आउँछ, त्यो त अभिकर्ताको पारिश्रमिक मात्र हो जुन बीमा समितिद्धारा नै निर्धारित हुन्छ । कुनै पनि पेशाको तलव वा प्रतिफल जस्तै अभिकर्ताको कमिशन हो ।
३.बीमा सुरक्षित र विश्वसनीय हुन्छ । बीमा ऐनद्धारा निर्देशित र बीमा समितिद्धारा अनुगमन हुने बीमा कम्पनीहरु भग्लान कि अथवा डुब्ला कि भन्ने हुदैन । फेरि प्रत्येक ग्राहकको पुनर्बिमा हुने हुँदा  यसमा जोखिमको कुनै सम्भावना नै रहदैन ।
४. बीमा सहज जीवनका लागि गरिएको लगानी हो । बचतको प्रतिफल त छदैछ, जस्तो सुकै परिस्थितिमा पनि हामीलाई हाम्रो हात समातेर माथि उठाउने एक मात्र हाम्रो नजिकको नातेदार नै बीमा हो । प्रविधिको विकास सँगसँगै प्रक्रियागत कुराहरु पनि छिटै टुंगिने भएकोले ‘बीमामा अनेक झण्झट हुन्छन्’ भन्ने पुरानै अवधारणा पनि सकिइदै गएको छ ।

निष्कर्षः
बीमा आफ्ना लागि आफुल नै तयार गरेको सहज जीवनयापनको योजना हो । जीवन बीमाले हाम्रो वर्तामानमा हामीलाई बचत गर्ने अभ्यास गराउँछ भने भोलिको जीवनप्रति उत्साहित पनि गराउँछ । बीमाले सुखद भविष्यको प्रत्याभुति पनि गर्छ । त्यसैले सम्मानित बृद्धावस्था, सफल भविष्य र सम्पुर्ण खुसीका लगि बीमा निर्बिकल्प उपाय हो ।

सन्दर्भ स्रोतः

१. http://www.bizshala.com/story/%E0%A4%A4%E0%A5%87%E0%A4%B9%E0%A5%8D%E0%A4%B0-1?fbclid=IwAR38EzRCsJjjhPrrLoDwICvkWz93RH0dbZNwP52BEurjWGB-BMBGbRMwAVQ

२. https://www.outlookindia.com/website/story/how-a-retired-kerala-school-teacher-found-begging-at-railway-station-was-rescued/304259

३. https://nib.gov.np/introduction/

४. https://www.iffcotokio.co.in/general-insurance/why-is-insurance-important

-जिनियस एकेडेमी नेपाल, भक्तपुरमा आबद्ध सिलवाल प्रशिक्षक र उत्प्रेरक  हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार