बीमा जनचेतनामूलक गित सार्वजनिक

Citizen Life Insurance Co

काठमाडौं । क्यापिटल न्यूज नेटवर्कले बीमा जनचेतना सम्बन्धी गित सार्वजनिक गरेको छ । शुक्रबार इन्स्योरेन्स खवरको युट्युव च्यानलमार्फत ‘बीमा गर्ने हो…’ बोलको गित सार्वजनिक गरिएको हो ।

निर्जिवन र जीवन बीमा दुवै प्रबद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले तयार पारिएको गित क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले युट्युवमा अपलोड गरेर सार्वजनिक गरेका हुन् ।

गायिका एलिना चौहानले स्वरवद्ध गीतको रचनाकार सिपी पुडासैनी (धतुरे), संगितकार शशीविक्रम थापा र एरेन्जर श्रीराम रायमाझी रहेका छन् । युट्युवमा अलपोड गरिएको गितले बीमा व्यवसायको प्रबद्र्धनमा भूमिका खेल्ने विश्वास गरिएको क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले बताए । यसअघि क्यापिटल न्यूज नेटवर्कले बीमा जनचेतना सम्बन्धी एक भिडियो भिडियो सामग्री सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार