काठमाडौं । काठमाडौँ उपत्यकामा आज थप ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ्मा डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार आज काठमाडौँका ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो।