IME Life

फोर्स मोटर्सले ल्यायो “दशैं आशिर्वाद” अफर

SPIL
NIC ASIA

काठमाडौं । फोर्स मोटर्सले गाडीका खरिदहर्तालाई लक्षित गर्दै “दशैं आशिर्वाद” अफर सुरु गरेको छ । फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले दशैं र तिहारको अवसरमा दशैं आशिर्वाद उपहार योजना सार्वजनिक गरेको जनाएको छ । फोर्सले सार्वजनिक गरेका ३ अफर मध्ये कुनै एक अफर मात्र लागू हुने बताइएको छ ।

अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमताको ट्राक्स क्रुजर जीपको खरिदमा “९ महिना सम्म किस्ता व्याज तिर्न नपर्ने, ९ लाख रुपैंयाको डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपन मार्फत २ लाख देखि १० लाख रुपैंयासम्म छुट पक्का” मध्ये कुनै एक अफर रोजी रोजी लिन सकिनेछ ।

Prabhu
Crest

त्यस्तै, ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा “८ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपन मार्फत १ देखि ५ लाख सम्म छुट पक्का” मध्ये कुनै एक अफर रोजी रोजी गाडी किन्न सकिने जनाएको छ ।

त्यसैगरी २६ सीट क्षमताको “ट्राभलर टी २” मिनीबसको खरिदमा “७ महिना सम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्राच कुपन मार्फत २ देखि ६ लाख सम्म छुट पक्का” मध्ये कुनै एक अफर रोजी रोजी गाडी किन्न सकिने छ ।

बिगत ७ बर्ष देखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारीक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालि मार्फत आफ्ना गाडिहरुको विक्रि वितरण गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS