केयर रेटिङस नेपालको साधारण सभा कार्तिक ३ गते

Citizen Life Insurance Co

काठमाडौं । केयर रेटिङस नेपाल लिमिटेडले कार्तिक ३ गते चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको भाद्र ३० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय गरेको हो । उक्त सभा केयर रेटिङस नेपाल लिमिटेड, दोश्रो तल्ला, स्टार मल, काठमाडौँमा बेलुका ३ बजेबाट सुरु जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा रहेको छ ।

त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २१ दशमलव ०५२६३ प्रतिशतका दरले नगद लाभांश ९कर सहित० स्वीकृत गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार