IME Life

सानिमा लाइफ इन्स्योरेन्समा अगम मुखियालाई सिईओ नियुक्त गर्न बीमा समितिको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुुखियालाई नियुक्त गर्न अनुमति दिएको छ ।

बीमा समितिले शुक्रबार मुखियालाई सिईओ नियुक्ती गर्न सानिमा लाईफको सञ्चालक समितिले गरेको सिफारिस सदर गरेको बीमा समितिले जनाएको छ । यसअघि रिलायबल लाईफबाट राजिनामा स्वीकृत नभएकोले रोकिएको थियो । यसै साता रिलायबल लाईफबाट राजिनामा स्वीकृत भएसँगै बीमा समितिबाट पनि सानिमा लाईफमा सिईओ नियुक्ती गर्न अनुमति दिएको हो । आइतबार मुखियालाई सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले सिइओमा नियुक्ती गर्नेछ ।

Prabhu
Crest

यसअघि मुखिया रिलायबल नेपाल लाईफ इन्स्योरेन्समा डेपुटी सिईओ पदमा कार्यरत थिए । स्नातकोत्तर तह उत्तिर्ण गरेका मुखिया जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति मानिन्छन् । उनले नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा १० वर्ष, रिलायवल नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा करिब चार वर्ष काम गरी जीवन बीमाको राम्रो अनुभव बटुलेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS