IME Life

नबिल बैंकले शरु गर्यो नबिल ग्रिन पिन सेवा

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल ग्रिन पिन सेवाको सुरूवात गरेको छ । बैंकले आफ्ना डेबिट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरूलाई सहज र सुरक्षित रूपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्न नबिल ग्रिन पिन सेवाको सुरूवात गरेको बैंकले जनाएको छ ।

बैंकले ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकहरूलाई बिर्सिएको पिन स्वयमले रिसेट गर्ने सुविधा प्रदान गरेको छ ।

Prabhu
Crest

ग्राहकहरूले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिएमा बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु नपर्ने र नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नबैंकले जनाएको छ ।

ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरूले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर Generate OTP for PIN छान्नु पर्नेछ । त्यस पश्चात ग्राहकहरूले बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको  OTP  प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकहरूले “Enter OTP to Change Your Pin” मेनु छनौट गरि प्राप्त भएको इत्ए राखेर पिन सेट अथवा रिसेट गर्न सकिने बैंकले जानकारी दिएको छ ।

ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउँदै वातावरण मैत्री सेवाको शुभारम्भ गरेको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS