IME Life

धितोपत्र बोर्डद्वारा हिमालयन डिष्टिलरीका सञ्चालक रहिसा श्रेष्ठमाथि कारवाही, १० वर्ष सञ्चालक बन्न नपाउने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गैर कानुनी रुपमा शेयर कारोबार गर्ने हिमालयन डिष्टिलरीका  पूर्व सञ्चालक रहिसा श्रेष्ठलाई आगामी १० वर्षसम्म कुनै पनि सूचिकृत कम्पनीको सञ्चालक बन्न रोक लगाउने गरी कारवाही गरेको छ । साथै सञ्चालक श्रेष्ठ र शेयर खरिद बिक्रीमा संलग्न कम्पनीलाई समेत जरिवना तिर्न आदेश दिएको छ ।

सञ्चालकबाट राजिनामा दिएको एक वर्षसम्म आफ्नो शेयर बिक्री गर्न नपाउने व्यवस्था विपरित गएर श्रेष्ठले २७ करोड रुपैयाँको शेयर बिक्री गरेपछि बोर्डले कारवाही गरेको हो । बोर्डका प्रबक्ता निरज गिरीले आज बिज्ञप्ति जारी गर्दै कारवाही गरेको जनाएका छन् । सञ्चालक श्रेष्ठलाई ७५ हजार जरिवाना गरेको छ भने शेयर कारोबार गराउने श्री इन्भेष्टमेन्ट प्राली नामको ब्रोकर कम्पनीलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

Prabhu
Crest

प्रबक्ता गिरीका अनुसार धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०८ विपरित हुने गरी सञ्चालक श्रेष्ठले २०७६ भदौ १८ गते राजीनामा दिएकोमा एक वर्ष अवधी नपुग्दै २०७६ चैत ६ गते ५३ नम्बर ब्रोकरबाट २ लाख १३ हजार एक सय ८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँमा बिक्रि गरेकी थिइन् । उनले राजिनामा स्वीकृत भएको एक वर्षपछि अर्थात २०७७ भदौं २५ गतेपछि मात्रे शेयर बिक्री गर्नुपर्नेमा सो अगावै बिक्री गरेर अनैतिक कार्य गरेको भन्दै बोर्डले १० वर्षको प्रतिबन्ध र जरिवना तिराएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS