थप ११ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि, कति भए डिस्चार्ज ?

Citizen Life Insurance Co

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ६ पुगेको छ।

आज बुधबार १ हजार ८ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर १७ हजार ४ सय १४ जना संक्रमित रहेका छन्। यस्तै ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार