IME Life

प्रभु बैंकले ल्यायो “सहयात्रा समृद्धि कर्जा योजना, यस्ता छन् सुविधा

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंक लिमिटेडले “सहयात्रा समृद्धिको नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपाल सँगको सहकार्यमा ल्याएको बैंकले जनाएको छ ।

कोभिड – १९ को कारणले प्रभावित र समस्यामा परेका साना उधमी तथा व्यवसायी, स्वरोजगार उधमी, शिक्षीत बेरोजगार युवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा सँलग्न उधमी हरूको विधमान आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरूका पेशा, उधम र व्यवसायहरूलाई पुन सुचारू गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको बैंकको भनाई छ ।

Prabhu
Crest

कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैंकले काठमाडौं उपत्यका भित्रका महिला सफा टेम्पो चालकहरूलाइ अधिकतम १ लाख रूपैयाँ र विध्यालय शिक्षकहरूलाई अधिकतम ४ लाख रूपैयाँ बराबरको कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ । यो कर्जा योजना शुभारम्भको अवसरमा बैंकले आज काठमाडौं उपत्यका भित्रका १० जना महिला सफा टेम्पो चालकहरूलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

यस कर्जा योजना तोकिएका अन्य पेशा, उधम र व्यवसाय साथै काठमाण्डौँ उपत्यका बाहिर पनि क्रमश लागु गर्दै जाने बैंकले जनाएको छ ।
“सहयात्रा समृद्धिको” कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरूले कर्जा सँगसँगै वित्तीय साक्षरता , वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरू पनि सिकुन् भन्ने अभिप्राय केन्द्रित गरिएको समेत बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS