IME Life

युनाईटेड इदी–मार्दीको आइपीओ आजबाट विक्री खुला, कहिलेसम्म दिन पाईन्छ ओदन?

SPIL
NIC ASIA

काठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आज असोज ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि १ सय रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पूँजीको २५ प्रतिशत आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्नका लागि अनुमति दिएको हो । कम्पनीले १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्नेछ । जसमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ लाख २० हजार कित्ता र दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता आइपिओ निष्काशन तथा बिक्री खुल्ला गर्नेछ ।

आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस ९आइएस०’ रेटिङ्ग प्रदान गरेको छ।

आईपीओमा दुवै वर्गका प्रभावितहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असोज २१ गते र ढिलोमा कार्तिक ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS