IME Life

सानिमा बैंकको क्रेडिट कार्ड आवेदन अनलाईन मार्फत् भर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंक लिमिटेडले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ ।

ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट http://(www.sanimabank.comमा गई ‘क्रेडिट कार्ड आवेदन’ मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भरी सरल रुपमा आवेदन दिन सक्ने बैंकले जनाएको छ।

Prabhu
Crest

फारम भरेसँगै क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड उपलब्ध गराइने समय सम्बन्धी जानकारी इमेल तथा फोन मार्फत् गराइने बैंकले बताएको छ ।

क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । बैंकले उक्त सुविधा मंगलबार देखि संचालनमा ल्याएको हो।

बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS