IME Life

शिखर इन्स्योरेन्सको सिईओमा दीप प्रकाश पाण्डे पुनः नियुक्त, अनुमति माग्दै बीमा समितिमा फाइल दर्ता

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्सको सिईओमा वर्तमान सिईओ दीप प्रकाश पाण्डेलाई पुनः नियुक्ती गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । दीप प्रकाश पाण्डेलाई पुनः नियुक्त गर्न अनुमति माग गरिएको फाइल हिजो बीमा समितिमा दर्ता भएको छ ।

शिखर इन्स्योरेन्सको बोर्ड बैठकले पाण्डेलाई कार्तिक ११ गतेबाट लागू हुने गरी सिईओ नियुक्त गर्ने उल्लेख छ । बीमा समितिबाट अनुमति पश्चात पाण्डेलाई शिखर इन्स्योरेन्सको बोर्ड बैठकले औपचारिक रुपमा सिईओ पदमा पुनः नियुक्ती गर्नेछ ।

Prabhu
Crest

चार वर्षअघि शिखर इन्स्योरेन्स कम्पनीको सिईओ पदमा पाण्डेलाई पुनः नियुक्ती गरिएको विषयमा यसअघि पनि राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको थियो । सो उजुरीको जवाफमा बीमा समितिले पठाएको पत्रमा अन्तिम पटकको लागि सिईओमा नियुक्त गरिएको जवाफ प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रलाई दिएको थियो ।

पाण्डे शिखर इन्योरेन्समा स्थापनाकालदेखि नै सिईओ पदमा कार्यरत छन् । बीमा समितिले जारी गरेको संस्थागत सुशासन २०७५ ले दुई कार्यकाल (आठ वर्ष) भन्दा बढि सिईओ हुन नपाउने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS