IME Life

एक अर्बको दुई वटा रेल नेपाल आईपुग्यो, बीमा गर्न पोलिसी नै छैन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले भारतीय कम्पनीसँग एक अर्ब ३ करोडमा किनेको दुई वटा रेल नेपाल आईपुगेको छ । नेपाल आएको रेल अबको एक महिनाभित्रैमा सञ्चालन हुने अनुमान गरिएको छ । तर, सो रेल सञ्चालन हुनुपूर्व नै गर्नुपर्ने बीमा गर्न कानुनी अड्चन उत्पन्न भएको छ । अर्थात अहिलेको विद्यमान कानुन अनुसार रेल तथा सो रेलमा सवार यात्रुको बीमा गर्न मिल्दैन ।

बीमाको नियमनकारी निकाय बीमा समितिले रेलको बीमा गर्न कुनै तयारी सुरु गरेको छैन । रेल सेवा नेपालमा सुरु गर्न बीमा समितिले रेल बीमा पोलिसी जारी गरेर मार्ग प्रशस्त गर्नुपर्दछ । तर, रेल बीमा पोलिसी जारी गर्नुपूर्व धेरै नै गृहयकार्य गर्नुपर्नेछ । रेलको एसओपीको आधारमा ट्यारिफ लगायतका के के कुराको बीमा गर्ने, कति बीमाङ्क रकमको बीमा गर्ने भन्ने कुरा तय हुनुपर्दछ । त्यसको लागि रेल विभाग तथा रेल कम्पनी र बीमा समितिबीचमा छलफल हुनु आवश्यक छ । उक्त छलफल बीमा समितिले बोलाउने कि रेल विभागले बोलाउने भन्नेमा अल्झिएको छ ।

Prabhu
Crest

बीमा बिज्ञका अनुसार बीमा पोलिसी बनाउनु अघि एसओपी (स्टाण्डर्ड अपरेशन प्रोसिड्युर) आवश्यक पर्दछ । सोही आधारमा बीमाको आवश्यकता अनुसार बीमा समितिले बीमा पोलिसी जारी गर्दछ । आवश्यकता भन्नाले बीमाङ्क, जोखिम बहनको क्षेत्र इत्यादि पर्दछन् । सबै प्रक्रिया पूरा गरेर बीमा दररेट तोकिएपछि बीमा पोलिसी अनुसार बीमा कम्पनीहरुले बीमा गर्न पाउनेछन् । बीमा समितिले तत्कालै प्रक्रिया सुरु गर्दा सबै प्रक्रिया पूरा गर्न कम्पनीमा १५ दिनदेखि एक महिना समय लाग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS