IME Life

यो साता हाइड्रोपावरका लगानीकर्ता मालामाल, कुन हाईड्रो कतिले बढ्यो ?

SPIL
NIC ASIA

काठमान्डौ : यो साता हाईड्रोपावरका लगानीकर्ताहरुलाई निकै राम्रो साता कायम भएको छ । यो साता केही हाइड्रोपावर कम्पनीको बजार  मूल्य ५५ प्रतिशतसम्म वृद्धि भएको छ । नेप्सेमा कारोवार भएका ३३ हाईड्रोपावर मध्य सबै हाईड्रोपावरका कम्पनीहरुले आकर्षक कमाएका छन् ।

यो साता युनियन हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक ५५ प्रतिशतले वृद्धि भएको छ । गत साता ६६ रुपैयाँ प्रति कित्ता बजार मूल्य बन्द भएको यस कम्पनीको यस साता प्रति कित्ता १०२ रुपैयाँमा बजार मूल्य बन्द भएको छ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा अरुण भ्याली हाईड्रोपावरको शेयर मूल्य ५० प्रतिशतले वृद्धि भएको छ । गत साता ११९ रुपैयाँ प्रति कित्ता बजार मूल्य बन्द भएको यस कम्पनीको यस साता प्रति कित्ता १७८ रुपैयाँमा बजार मूल्य बन्द भएको छ ।

तर ठूला र स्थापित हाईड्रोपावर कम्पनीको भने बजार मूल्य अन्य हाइड्रोपावरको तुलनामा निकै कम प्रतिशतले वृद्धि भएको छ । बुटवल पावरको बजार मूल्य यस साता ८ प्रतिशतले मात्र वृद्धि भएको छ भने सानिमा माईको बजार मूल्य यस साता ११ प्रतिशत, चिमिलेको बजार मूल्य १२ प्रतिशत र देशकै ठूलो आयोजना माथिल्लो तामाकोशीको बजार मूल्य १४ प्रतिशतले मात्र वृद्धि भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS