SKIP THIS

IK Anniversary
IME Life

बीमा कम्पनीहरुको लगानीको दायरा बढ्दै, मुनाफा र बोनसदर बृद्धि हुनसक्ने

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपालमा संचालित ४० वटा बीमा कम्पनीहरुले आफ्नो लगानीको क्षेत्रलाई विस्तार गराउदै लगेका छन् । बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले बैंकको मुद्दति निक्षेप बाहेकका अन्य क्षेत्रमा पनि लगानी गरेका छन् ।

यसअघि बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा मात्र राख्ने गरेका थिए । गतवर्ष बीमा समितिले लगानी निर्देशिका जारी गरेसँगै बीमा कम्पनीहरुलाई अन्य क्षेत्रमा समेत लगानी गर्न पाउने बाटो खुल्ला भएको थियो । मुद्दती निक्षेपमा मात्रै लगानी सीमित हुँदा बीमा कम्पनीहरुको आम्दानी राम्रो सीमित हुन पुगेको थियो । दायराविस्तारसँगै बीमा कम्पनीहरुको आम्दानी बृद्धि भई निर्जिवन र पुनर्बीमा कम्पनीको मुनाफा बृद्धि हुने छ भने जीवन बीमा कम्पनीको लगानीको दायरा फराकिलो हुँदा बोनस दर बृद्धि भई बीमितले समेत लाभ पाउँछन् । जीवन बीमा कम्पनीहरुले लगानी मुद्दतिबाट विविधिकरण गर्न थालेका छन् । यसबाट जीवन बीमा कम्पनीहरुको बोनस दर बढ्न सक्ने देखिएको छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुले नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, घर जग्गामा लगानी, सूचिकृत पब्लिक कम्पनीको साधारण शेयर, कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार, म्युचअल फण्ड र नागरिक लगानी कोष र अन्य लगानीका क्षेत्रहरुमा समेत लगानी गरेका छन् ।

Source : Beema Samiti

बीमा समितिको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा २ खर्ब ३४ अर्ब रुपैयाँ र अन्य क्षेत्रमा गरेको लगानी मार्फत ५० अर्ब २६ करोड गरि कुल २ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

Source : Beema Samiti

बीमा समितिको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा ३४ अर्ब ८९ करोड रुपैयाँ र अन्य क्षेत्रमा गरेको लगानी मार्फत १० अर्ब १० करोड गरि कुल ४२ अर्ब ९७ करोड रुपैयाँ माथि लगानी गरेका छन् ।

Source : Beema Samiti

त्यस्तै, नेपालमा रहेको एक मात्र पुनर्बीमा कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा पुनर्बीमा कम्पनीले १५ अर्ब भन्दा बढी रकम विभिन्न शीर्षकमा लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा १५ अर्ब ४६ करोड ८६ लाख रुपैयाँ बैंक तथा विभिन्न क्षेत्रमा लगानी गरेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS