स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा आवेदन खुल्यो, कति चाहिन्छ योग्यता ?

Citizen Life Insurance Co

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको रिक्त कार्यकारी निर्देशक पदमा आवेदन खुल्ला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले स्वास्थ्य बीमा बार्डको कार्यकारी निर्देशकको पदको लागि भदौं २७ गते शनिबारको मितिमा आवेदन खुल्ला गरेको हो ।

मन्त्रालयले माग गरेको आवेदनमा ४० वर्ष उमेर पूरा भएको स्नातकोत्तर हासिल गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिनसक्ने जनाएको छ । साथै बोर्डसँग कुनै स्वार्थ नगाँसिएको, कुनै पनि राजनैतिक दलको सदस्यन भएको व्यक्तिले आवेदन दिनसक्ने सूचना उल्लेख छ । आवेदकहरुले पाँच हजार आवेदन दस्तुरसहित १५ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार