IME Life

माउन्टेन इनर्जी नेपालको आईपिओ निष्काशन बिक्रि खुला

SPIL
NIC ASIA

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले यस अघि साउन ८ गतेदेखि आईपिओ निष्काशन गर्ने भनेकोमा देशका अधिकांश स्थानमा बाढी पहिरोको भयावह अवस्था सिर्जना भएको र प्रभावित क्षेत्रमा गएर सेवा प्रवाह गर्न नसकिने भन्दै कम्पनीले अर्को सूचना नभएसम्मको लागि आईपिओ बिक्रि स्थगन गरेको थियो ।

उक्त स्थगित आईपिओ आजबाट बिक्रि खुला भएको हो । कम्पनीले आयोजना प्रभावित नुवाकोट र म्याग्दीका स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जसमा नुवाकोटको स्थानीयलाई २ लाख ९ हजार ३ सय ६५ कित्ता र म्यादीका स्थानीयलाई १७ लाख ५८ हजार ६ सय ६२ कित्ता शेयर छुट्याईएको छ ।

Prabhu
Crest

शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । स्थानीयलाई शेयर निष्काशनपछि कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणको लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर छुट्याएको छ ।

आईपीओमा दुवै वर्गका प्रभावितहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आईपीओमा छिटोमा असोज २४ गते र ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS