जीवन बीमा सहितका उपसूचक राताम्ये, कारोबार घट्दा नेप्से घट्यो

Citizen Life Insurance Co

काठमाडौं । साताको तोस्रोे दिन नेप्से ४दशमलव ४७ अंकले घटेर १५३६ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज १ सय ९१ कम्पनीको ५३ लाख ८३ हजार ५ सय ५४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६९ करोड रुपैयाँको कारोबार भएको छ ।

होटल, जीवन बीमा र म्युचअल फन्ड अन्य उपसूचकहरु राताम्मे भएको छ ।सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको १० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, कुमारी बैकको ६ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।

दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने एनआरएन लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।
हिमाल दोलखा हाईड्रोपावरका ५ दशमलव २१ प्रतिशतका दरले गुमाएका छन् भने माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले ४ दशमलव ८५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार