IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्ष विशाल अग्रवालले शपथ लिए, पुँजि संरचना संशोधन

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १८ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको बार्षिक साधारणसभाले चार नयाँ सञ्चालक चयन गरेको छ । साथै कम्पनीको नयाँ अध्यक्षमा विशाल अग्रवाल निर्वाचित भएका छन् ।

प्रदेश नं २ को बीरगन्जमा गत शुक्रबार सम्पन्न भएको साधारणसभाबाट निवर्तमान अध्यक्ष श्रवण कुमार अग्रवालले विदा लिएका छन् । कम्पनीको नयाँ अध्यक्षमा विशाल अग्रवाल आएका छन् । त्यस्तै अमित अग्रवाल, अर्पित अग्रवाल र बिवेक विजुक्छेलाई नयाँ सञ्चालकमा निर्वाचित गरेको छ ।

Prabhu
Crest

अध्यक्ष अग्रवालले आज मध्यान्ह बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै अध्यक्ष अग्रवालले आजै आफ्नो कार्यभार सम्हालेका छन् ।

कम्पनीको बार्षिक साधारण सभामा ४० जना शेयरधनी उपस्थित रहेको कम्पनीले जनाएको छ । कोरोना महामारीमा सामाजिक दुरी कायम गर्दै साधारणसभा सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । साधारणसभाले यसअघि ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको शेयर हिस्सा रहेको कम्पनीको शेयर अब परिवर्तन गरी ६०ः४० को रेसियो कायम गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले आव २०७५।०७६ को बार्षिक प्रतिवेदनहरु पास गरेको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS