IME Life

कृषि बीमामा किसानको आकर्षण बढ्दै, एक वर्षमा २६ अर्बको बीमा

SPIL
NIC ASIA

काठमाडौं । कृषि तथा पशुपन्छी बीमामा तीव्र स्तरमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । बीमा समितिको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्ममा कृषि तथा पशुपन्छी बीमातर्फ २६ अर्ब ३८ करोड २ लाख रुपैयाँ बींमाक रकमको जोखिम २० वटा कम्पनीहरुले बहन गरेका छन् ।

गत आर्थिक बर्षमा निर्जिवन बीमा कम्पनीहरुले अन्नबाली तर्फ १ अर्ब ६० करोड रुपैयाँ, पशुधन बीमा अन्तर्गत १६ अर्ब ८६ करोड रुपैयाँ, माछा बीमा अन्तर्गत २ अर्ब ५१ लाख रुपैयाँ चराचुरुङगी बीमा अन्तर्गत ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको जोखिम वहन गरेको बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

Prabhu
Crest
Source : Beema Samiti

समितिको तथ्याङ्क अन्तर्गत गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमातर्फ चौथौ त्रैमासको अवधिसम्ममा अन्नबाली बीमा अन्तर्गत ८ करोड २९ लाख रुपैयाँ, पशुधन बीमा अन्तर्गत ८४ करोड ५७ लाख रुपैयाँ, माछा बीमा अन्तर्गत ४ करोड ८० लाख रुपैया, चराचुरुङगी बीमा अन्तर्गत २० करोड ४८ लाख रुपैयाँ गरि कुल १ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा १ लाख २५ हजार ७ सय ४२ वटा पोलिसी गरि उक्त बीमा रकम बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । निर्जिवन बीमा कम्पनीहरुलाई कृषि बीमाको ७५ प्रतिशत अनुदान अन्तर्गत ८८ करोड ६२ लाख ७४ हजार अनुदान प्राप्त गरेका छन् ।

यस अवधिमा निर्जिवन बीमा कम्पनीहरुले अन्नबाली अन्तर्गत ६ करोड २१ लाख रुपैयाँ, पशुधन अन्तर्गत ६३ करोड ४३ लाख रुपैयाँ, माछाबीमा अन्तर्गत ३ करोड ६० लाख रुपैयाँ र चराचुरुङगी बीमा अन्तर्गत ८८ करोड ६२ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।

नेपाल सरकारले सरकारले कृषि बीमाको बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ । बाँकी २५ प्रतिशत अनुदान कतिपय स्थानीय सरकारले व्यहोर्ने गरेका छन् भने स्थानीय तहले नव्यहोरेका क्षेत्रमा किसान आफैले भुक्तानी गर्दै आएका छन् । बीमा समितिले सबै जिल्लामा कृषि बीमाको सेवा पुराउने गरी कम्पनीहरूलाई जिल्ला तोकेरै बीमा अभियान चलाउन भनेको छ ।

समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले यस अवधिसम्ममा ५० करोड ४ लाख ९१ हजार रुपैयाँँ बराबरको कृषि बीमा दाबी भुक्तानी गरेको छ । निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा अन्नबाली अन्तर्गत ५ करोड ९७ लाख रुपैयाँ, पशुधन बीमा अन्तर्गत ३८ करोड ९८ लाख रुपैयाँ, माछा बीमा अन्तर्गत ५३ लाख ३९ हजार रुपैयाँ, चराचरुङगी अन्तर्गत ४ करोड ५२ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् ।

बीमा समितिका ७७ वटै जिल्लामा २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र नै तोकेर जिम्मेवारी दिएको छ । तोकिएका कार्य क्षेत्रमा र घुम्ती सेवामार्फत कृषि तथा पशुपक्षी बीमा मार्फत कृषि बीमा कार्यक्रम सञ्चालन भइरहेका छन् । कृषकलाई बीमासम्बन्धी जनचेतना जगाउने र बीमाका लागि अभिप्रेरितसमेत गर्नुपर्ने गरी कार्यक्षेत्र तय गरिएको बीमा समितिले जनाएको छ ।

कुन जिल्लामा कुन कम्पनी ?

समितिका अनुसार नेपाल इन्स्यारेन्स कम्पनीले दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा कृषि बीमाको लागि जिल्ला तोकिदिएको छ । यस्तै राष्ट्रिय बीमा कम्पनीले बझाङ, डोटी र कैलाली, युनाइटेड इन्स्योरेन्स कम्पनीले हुम्ला, बाजुरा र अछाममा कृषि बीमाक लागि जिल्ला तोकिदिएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी कालिकोट, दैलेख, सुर्खेत र बर्दिया, सगरमाथा इन्स्योरेन्स कम्पनीले मुगु, जाजरकोट र जुम्ला, एनएलजी इन्स्योरेन्सले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके, प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा, सिद्धार्थ इन्स्योरेन्स मनाङ, कास्की, पाल्पा र रुपन्देहीमा कृषि बीमाको लागि जिल्ला तोकिदिएको छ ।

पु्रडेन्सियल इन्स्योरेन्सले गोरखा, लमजुङ, तनहुँ, परासी, शिखर इन्स्योरेन्सले चितवन, मकवानपुर, धादिङ र नुवाकोट, हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा, प्रिमियर इन्स्योरेन्स कम्पनीले दोलखा, रामेछाप, सिन्धुली र सर्लाहीमा कृषि बीमको लागि जिल्ला तोकिदिएको छ ।

समितिका अनुसार आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा, लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर, नेको इन्स्योरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापा, दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी, नेशनल इन्स्योरेन्सले रोल्पा, प्यूठान, दाङ र अर्घाखाँचीमा कृषि बीमामा कृषि बीमाको लागि जिल्ला तोकिदिएको छ ।

सानिमा जनरल इन्स्योरेन्सले कपिलवस्तु, नवलपुर र मोरङ, जनरल इन्स्योरेन्स कम्पनी रसुवा, सिराहा र पर्सा, अजोड इन्स्योरेन्सले गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहटका कृषि बीमा गर्नुपर्नेछ । काठमाडौँ र भक्तपुर जिल्लामा सबै बीमा कम्पनीलाई कार्यक्षेत्र तोकी जिम्मा दिइएको छ ।

बीमा कम्पनीहरुले बीमा समितिले तोकिदिएको सबै जिल्लाहरुमा घुम्ती सेवामार्फत कृषि तथा पशुपक्षी बीमा गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS