IME Life

लामो दुरीका बस असोज ५ गतेदेखि सञ्चालन हुने, बीमा क्षेत्रमा चहलपहल बढ्दै

SPIL
NIC ASIA

काठमाडौं । हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी असोज ५ गतेदेखि लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारले लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयसँगै निर्जिवन बीमा क्षेत्रमा पनि चहल पहल ह्वात्तै बढेको छ ।

२०७६ चैत्र १० गतेदेखि लामो दुरीका सवारी साधनहरु सञ्चालनमा रोक लगाएको थियो । अबरुद्ध भएको छ महिनापछि लामो दुरीका सवारी साधनहरु सञ्चालनमा आउन लागेका हुन् । सवारी साधनहरु ग्यारेजमै थन्किँदा सयौं सवारी साधनहरुको बीमा फेल भइसकेको छ ।

Prabhu
Crest

सरकारले सवारी साधन सञ्चालन गर्ने निर्णय गरेसँगै अब उनीहरुले अनिवार्य रुपमा बीमा नविकरण गरेर मात्रै सञ्चालन गर्नुपर्ने छ । बीमा नगरी सवारी साधन सञ्चालन गर्दा दुर्घटना भएमा सम्पूर्ण क्षतिपूर्ण सवारधनीले व्यहार्नुपर्ने तथा ट्राफिक प्रहरीले समेत कडाई गर्ने हुँदा अबको एक महिना निर्जिवन बीमामा चहल पहल बढ्ने देखिएको छ । नेपालमा कूल बीमा व्यवसायमा सवारी साधनको बीमाको उल्लेख्य स्थान छ ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले सवारी साधनहरुको बीमा गर्न बीमा कम्पनीहरुले सहजिकरण गर्ने बताए । सवारी साधन सञ्चालनमा आउने खवरसँगै लामो दुरीका सवारी साधनको बीमा गर्न सहजिकरण गरिने सचिव क्षेत्रीले बताए । सचिव क्षेत्रीले असोज ५ गतेदेखि सञ्चालनमा आउने सवारी साधनहरुलाई बीमा गर्न सहयोग गरिने बताए । अनलाईनबाट, टेलिफोनमार्फत तथा बैंकबाट नगद भुक्तानी गर्न नसक्नेलाई चेकमार्फत भुक्तानी गरी बीमा अपडेट राख्न सहयोग गर्न बीमा कम्पनीहरु तयार रहेको जनाएका छन् ।

नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार देशैभरिमा करिब चार लाख सार्वजनिक सवारी साधन छन् । सो मध्ये झण्डै एक लाख सवारी लामो दुरीमा सञ्चालन हुने अनुमान गरिएको छ । सिटौलाले बीमा नविकरण प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका छन् । साथै उनले बीमा कम्पनीहरुले बीमा प्रिमियममा थप छुट दिएर सहिजकरण गर्नुपर्ने बताएका छन् । साथै दुःख दिने बीमा कम्पनीलाई बहिस्कार गरिने समेत बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS