रिलायबल नेपाल लाईफ इन्स्योरेन्सद्धारा पल्लोटारीका पहिरो पिडितलाई सहयोग

Citizen Life Insurance Co

लमजुङ ।। रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड लमजुङ शाखाले मर्स्याङदी गाउँपालिका ३ पल्लोटारीका पहिरो प्रभावितका लागि आर्थिक सहयोग गरेको छ ।

शाखाले पहिरो पडितको सहयोगार्थ नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लमजुङ शाखा प्रमुख राजु गुरुङ र वजार प्रमुख लक्ष्मी धितालले मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र उपाध्यक्ष होमवहादुर विकलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

पहिरो प्रभावितका लागि सानो भएपनि सहयोग गर्ने उदेश्यका साथ आइतवार गाउँपालिका कार्यालय पुगेर सहयोग रकम प्रदान गरिएको इन्स्योरेन्सका शाखा प्रमुख राजु गुरुङले वताउनुभयो । सहयोग हस्तान्तरणका क्रममा इन्स्योरेन्सका एजेन्सी म्यानेजरहरुको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी रिलायवल नेपाल लाईफ इन्स्योरेन्स लमजुङ शाखाले बीमा दावी रकम भूक्तानि गरेको छ । शाखाले मर्स्याङदी गाउँपालिका ९ की सिङमाया गुरुङको मृत्युपश्चात बीमा रकम भूक्तानि गरेको हो ।
गुरुङको गत जेठमा कालगतिले मृत्य हो । गुरुङको मुत्यु पछि उनको आफन्त अर्थात वहिनी सरिता गुरुङलाई बीमा वापतको तिन लाख १९ हजार ४ सय रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख गुरुङले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार