प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल चयन

Citizen Life Insurance Co

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल चयन भएका छन् । अग्रवाल आगामी चार वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन भएको कम्पनीले जनाएको छ ।

उनी कम्पनीको भदौ २६ गतेको १८औं वार्षिक साधारणबाट सञ्चालकमा निर्वाचित भएका थिए । सञ्चालकमा निर्वाचित भएका अग्रवाललाई कम्पनीको २०८औं सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

विशाल अग्रवालसहित संस्थापक समूह अन्तर्गत अमित अग्रवाल र अर्पित अग्रवाल पनि सञ्चालकमा निर्वाचित भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार