IME Life

जीवन बीमा सचेतनामूलक भिडियो सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । ‘जीवन बीमा गरौं सुरक्षित रहौं’ भन्ने नारासहितको जनचेतनामूलक भिडियो आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ । क्यापिटल न्यूज नेटवर्कले निर्माण गरेको  बीमा सचेतनामूलक भिडियो आज अपरान्ह इन्स्योरेन्स खवरको युट्युव च्यानलबाट औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

जीवन बीमाबारे सचेतना जगाउने उद्देश्यले तयार पारिएको भिडियोले जनताका बीचमा जीवन बीमा बारे प्रचार प्रसारमा योगदान पुग्नेछ । क्यापिटल न्यूज नेटवर्कका अध्यक्ष केशव प्रसाद भण्डारीले जीवन बीमाको महत्व जनताको बीचमा पुर्याउन भिडियोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

Prabhu
Crest

सिपी पुडासैनीको लेखन तथा निर्देशन रहेको जनचेतनामूलक भिडियोमा छोरा बुहारीबाट बुढेसकालमा घरबाट निकालिएका एक बृद्ध दम्पत्तीले जीवन बीमाको रकम निकालेर नयाँ घर बनाएर सुखी जीवन बिताएको दृष्य समावेश छ । साथै बृद्धाबृद्धलाई घरबाट निकाले पनि जीवन बीमाले रक्षावरण गरेकाले उनीहरु झन् नयाँ घरमा बस्न पुग्छन् र घरबाट निकाल्ने छोरा बुहारी पछुतोको आगोमा डढेर बीमाको महत्व थाहा पाई आफै बीमा गर्न जीवन बीमा कम्पनीको कार्यालयसम्म पुग्छन् । साथै बाल मष्तिस्कमा जीवन बीमाको महत्व दर्शाउन बालकलाकार शुभम पुडासैनीले प्रसंशा योग्य अभिनय गरेका छन् ।

भिडियोमा कलाकारहरु रामचन्द अधिकारी गोप्ते काजी  , शारदा गिरी काली बुढी , सिपी पुडासैनी धतुरे, मुना नेपाल, सन्देश लामिछाने बटारे , केशव प्रसाद भण्डारी तथा बाल कलाकार शुभम पुडासैनीको अभिनय रहेको छ ।

जीवन बीमा सचेतनामूलक भिडियोमा नेपालमा सञ्चालित १९ वटै जीवन बीमा कम्पनीहरुले प्रायोजन गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS