नेपाल पुनर्बीमाको बजार मूल्य थोरै भएपनि वृद्धि हुन सफल, फ्लोरसिट हेर्दा के देखियो ?

Citizen Life Insurance Co

काठमाडौं । आज नेपाल पुनर्बीमा कम्पनीको  शेयर मूल्य थोरै वृद्धि भएर बन्द भएको छ । कम्पनीको आज ३३७३ वटा शेयर कारोवार हुँदा १ अर्ब ७९ करोड बराबरको शेयर कारोवार भएको छ ।  पुनर्बीमाको बजार मूल्य प्रति कित्ता ८५९ रुपैयाँमा बन्द भएको छ । कम्पनीको आज न्यून विन्दु ८३७ रहे पनि बजार बन्द हुँदा भने बजार मूल्य प्रति कित्ता ३ रुपैँया वृद्धि हुन सफल भएको छ ।

नेपाल पुनर्बीमाको शेयर मूल्यमा आज बिक्री गर्ने ब्रोकर नै आक्रामक भएको देखिन्छ । ब्रोकर नम्बर ६ बाट सर्वाधिक १ करोड ३६ लाख बराबरको शेयर खरिद भएकोमा ब्रोकर नम्बर ४४ बाट २ करोड ६६ लाख बराबरको बिक्री भएको छ।

त्यस्तै आज नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोवार गर्ने टप ५ ब्रोकरको तथ्यांक लिँदा बिक्री गर्ने ब्रोकरनै आक्रामक भएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार