अजोड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने

Citizen Life Insurance Co

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले भर्चुअल माध्यमबाट असोज ७ गतेदेखि १० गतेसम्म तालिम संचालन गर्न लागेको जनाएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै तालिम संचालन हुन लागेको जानकारी गराएको हो । तालिम सहभागी हुन कम्तिमा एसएलसी उतीर्ण हुनपर्ने कम्पनीले जनाएको छ ।

तालिममा सहभागी हुनको लागि इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले असोज ५ गतेभित्र आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रतिलिपि, पासपोर्ट साइजको ४ कपि फोटो, संस्थाको हकमा सिफारिस पत्र कार्यालयको इमेल ठेगाना [email protected] मा पठाईसक्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार