भ्रम–यथार्थमा जीवन बीमा र बीमा समितिको दायित्व

Citizen Life Insurance Co

माधव बानियाँ

जिन्दगीको के भरोसा,
यो त सानो खेलौना हो दुई आँखामा ………।

कर्णदासको यो कर्णप्रीय गीत मानिसको जीवनमा कतिको महत्वपूर्ण छ भन्ने कुरा आजको २१ औं शताब्दीमा जहाँ मानिसले जीउनको लागि वा आप्mनो पहिचान कायम गर्नको लागि कति धेरै संघर्ष गर्नुपदर्छ । जीवन रहे त सबथोक छ नरहे केवल मान्छेको सम्झना मात्र त जीवित रहन्छ । त्यस्तो सम्झना घरपरिवारकोे लागि आर्थिक पाटोसँग जोडिएकोले महत्वपूर्ण हुन्छ । मानिस अरु प्राणी भन्दा केही फरक यस अर्थमा छ की उसमा चेतनाको बिकास ज्यादा भएकोले पारिवारिक वा सामाजिक दायित्व पनि रहेको हुन्छ । बिज्ञान र चेतनाको प्रगतिबाट कहिल्यै सन्तुष्ट नहुने प्राणी मान्छे आफू र परिवारलाई धेरै भन्दा धेरै महत्व दिएर एक अर्थमा स्वार्थी पनि रहेको पाइन्छ । यो स्वार्थ पूरा गर्न एक सहज माध्यम बीमा हुन गएको छ ।

नेपालमा बीमा व्यवसायको इतिहासलाइ फर्केर हेर्दा बिस २००४ सालमा नेपाल बैंक लिको स्थापना भएपछि बीमाको अबधारणाको सुरुवात भएको मानिन्छ । बि.सं. २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनी लिको स्थापना गरी बीमाको कार्य प्रारम्भ गरेको पाइन्छ । यद्यपी जीवन बीमाको रुपमा कार्य गर्न भने बि.सं २०३४ सालमा बीमा संस्थानको स्थापना भयो । त्यस भन्दा पूर्वको बखत नेपालमा जीवन बीमा कम्पनी खुलेका थिएनन् । भारतीय जीबन बीमा कम्पनीहरुले नेपालमा कार्यालय स्थापना गरी जीवन बीमा गरेको पाइन्छ । निजी क्षेत्रबाट भने नेपालमा सर्वप्रथम बि.सं २०४५ सालमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना गरी जीवन बीमा सम्बन्धी कार्यको सुरुवात गरेको पाइन्छ ।
बिश्व इतिहासमा जीवन बीमाको कुरा गर्ने हो भने सन १९२७ मा अमेरिकाको सिकागो बीमा कम्पनी स्थापना भएको पाइन्छ । नेपालमा हाल जीवन बीमा सम्बन्धि १९ वटा कम्पनी कार्यरत रहेका छन् । नेपालमा बीमा कम्पनीका प्रकारमा जीवन बीमा, निर्जीवन बीमा र पुर्न बीमा कम्पनी गरी ३ प्रकारको कम्पनीको स्थापना भएको छ । यी कम्पनीहरुले बीमाको क्षेत्रमा बिभिन्न पोलिसीहरु बनाई बीमा बिक्री गरेको पाइन्छ । बीमा ब्यवसायलाई ब्यवस्थित, बिकसित, नियमित र नियन्त्रित गर्नको लागि बीमा समितिको स्थापना गरिएको हो । बीमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै बि.सं २०४९ सालमा बीमा समितिको स्थापना भएको हो । बीमाको आवश्यकता दिनानुदिन बढ्दै गएको छ चाहे त्यो जीवन होस अथवा निर्जीवन बीमा किनभने हिजो भन्दा आज आजभन्दा भोलि मानिसको जीवन र अरु चिजको जोखिम बढिरहेको छ । वातावरण र बढ्दो प्रतिष्पर्धाको कारण यसले जोखिम बहन गर्न मद्दत गर्दछ । यद्यपी नेपालमा जीवन बीमाले समेटिएको क्षेत्र बीमा समीतिले भने अनुसार २६% को हारहारीमा रहेको मानिएतापनि वास्तवमा भन्ने हो भने यो तथ्याङ्क सही मान्न बिश्वसनीय आधार देखिदैन । यो तथ्याङ्क अन्य देशको तुलनामा अझैसम्म पनि कमजोर रहेको देखिन्छ । यसो हुनुमा मूख्य रुपमा जनचेतनाको कमी र सरकारी उदासिना वा बीमा समितिको सक्रियताको कमी नै मूख्य रुपमा हो ।

बीमा के हो र किन गर्ने ? बीमित र बीमकबीच गरिएको कानुनी सम्झौता नै बीमा हो भनेर बीमा ऐन २०४९ मा उल्लेख गरिएको छ । संक्षेपमा भन्नु पर्दा क्षतिपूर्ति बापत दिइने रकम नै बीमा हो । जीवन बीमा जीवन हुन्जेल पनि र जीवन पछि पनि पाइने सम्झौता हो । बीमा भनेको सुरक्षित लगानी क्षतिपूर्ति सहितको हो । जुन बित्तिय क्षेत्रबाट प्राप्त गर्न सकिदैंन । बीमा आर्थिक सुरक्षा हो भने अर्थतन्त्रको मेरुदण्ड हो । कुनै नोक्सानी बापत हाम्रो वा हामीहरुको परिवारलाई आर्थिक सहायता प्रदान गर्नु र निश्चिनता प्रदान गर्नु नै हो । बीमा केबल बीमा होइन यो बचत, लगानी, रक्षावरण, सुरक्षा, सहयोग, संरक्षक, विश्वास र बहन पनि हो । बीमा आप्mनो फाइदाको लागि मात्र होइन आप्mनो परिवारको सुरक्षाको लागि गरिन्छ ।

जसरी छाता बर्षा रोक्न होइन बर्षाबाट भिज्न रोक्नको लागि खरिद गरिन्छ बीमा पनि आप्mनो लागि भन्दा पनि आफ्नो परिवारको लागि गरिन्छ । उदाहरणको लागि घरको मुली ब्यक्ति वा परिवारमा आय आर्जन गर्ने अभिभावककोे अनुपस्थितिमा वा उक्त ब्यक्ति तलमाथि हुँदा आफन्त नातेदार परिवार आदिले सधैं मद्दत वा सहयोग गर्न संभव छैन । यसर्थ पनि बीमा गर्नु अपरीहार्य मानिन्छ । त्यसमा केबल तपाईको मात्र होइन तपाईको सम्पूर्ण परिवार आर्थिक रुपमा सूरक्षित रहन्छन् । अर्को उदाहरण यस प्रकार दिन सकिन्छ – कारमा चारबटा चक्का हुन्छ तर पनि एउटा एक्स्ट्रा राख्न आवश्यक छ किन ? किनभने बाटोमा सुरक्षित यात्राको लागि होइन र ? त्यसैगरी हाम्रो परिवारको सुरक्षाको लागि सदैव बीमा आवश्यक छ यो हामी सबैलाई सर्वविदितै छ । यस्तो अमूल्य जीवन आजको प्रतिपर्धात्मक समयमा कहिले के हुन्छ कसैलाई थाहा हुदैंन । हिजो आज सडकमा गुड्ने तीब्र गतिको गाडीले दैनिक दुर्घटना भइरेहेको छ यसप्रकार जीवन बीमा प्रत्येक व्यक्तिको लागि जरुरी रहेको छ । दुर्घटना भएको खण्डमा जीवन बीमा गराउनेको लागि निकै लाभदायक हुन्छ । त्यसैगरी, मानिसको अवस्था बानी, ब्यवहार, बातावरण एवम् बिभिन्न घातक रोगको कारण उपचार गर्न वा मृत्युपछि परिवारलाई सहयोग गर्न वा ब्यक्ति जीवित रहेता पनि अङ्गभङ्ग भएमा बीमाले निवृत्तिभरण (पेन्सन) प्रदान समेत गर्दछ । बीमा मानवीय संवेदनासँग गाँसिएको ब्यवसाय हो । मानिसको जीवन तलमाथि हुँदा सम्बन्धीतलाई क्षतिपूर्ति दिने वा उक्त परिवारलाई आंशिक रुपले सबल बनाउने व्यवसाय गर्ने कार्य बीमा हो ।

बीमा गर्नुको फाइदालाई भविष्यको योजना निर्माणको लागि, दीर्धकालीन पूंजी निमार्ण, बालबालिकाको शिक्षा, ऋणको समस्याबाट मुक्ति, आर्थिक जोखिमको हस्तान्तरण, करमा छुट, देशको बिकासमा योगदान, ब्यक्ति स्वयंको लागि आदिको रुपमा चर्चा गर्न सकिन्छ । नेपालमा बि.सं. २०७२ सालमा आएको महाभुकम्प पछि बीमाको बारेमा चासो बढ्दै गएको देखिन्छ । यद्यपी बीमाको बारेमा नेपालमा अझ पनि फराकिलो क्षेत्रबाट सोच्ने गरेको देखिदैंन । यसको मुख्य कारण समूदायमा बीमा सम्बन्धी आवश्यक जानकारी नभएकोले गर्दा नै हो । बीमा भनेको के हो ? यसबाट के फायदा हुन्छ ? भन्ने जानकारी सर्वसाधारण वा गाउँघरसम्म पनि राम्ररी पुग्न सकेको छैन बिकसित तथा पश्चिमी मुलुकमा सबैजसो नागरिकले बीमा गर्नु दायित्व वा बिभिन्न कारणले बाध्यात्मक ब्यवस्था गरिएको हुन्छ । नेपालमा जीवन बीमाको लागि हालसम्म पनि बाध्यात्मक ब्यवस्था गरिएको छैन । मानिसको जीवन वा धन सम्पत्तिको कुनै भरोसा छैन भन्ने कुरा भुकम्पले पाठ पढाएर गएको छ । आप्mनो र परिवारको भविष्य सुरक्षित गर्न बाध्यात्मक रुपमा बीमालाई महत्वपूर्ण मानिन्छ । साधारण अर्थमा भन्ने हो भने जीवन बीमाको मूख्य आधार भनेकै आर्थिक जोखिमको हस्तान्तरण हो । प्रत्येक ब्यक्तिको जीवनमा एक प्रकारको आर्थिक जोखिम हुन्छ । कुनै पनि व्यक्तिले आप्mनो जीवनको योजना बनाउँदा परिवारको भबिष्यको बारेमा पनि सोच्नुपर्छ । बीमाले मानिसको जीवनमा आइपर्ने हरेक किसिमका जोखिमलाई केही हद सम्म भएपनि कम गर्ने गर्दछ । त्यसकारण बीमा सबै मानिसहरुको लागि अपरिहार्य छ ।

बीमितले भोग्ने समस्या र अभिकर्ताक भूमिकाः–

बिशेष गरी जीवन बीमा पोलिसी के कसरी कुन लिने भन्ने बिषयमा अभिकर्ताको ठूलो भूमिका रहेको हुन्छ । नेपालमा जीवन बीमाको काम गर्ने १९ वटा कम्पनीको बीमा लेखको नाम फरक फरक भएतापनि प्रवृति भने उस्तै उस्तै प्रकारको देखिन्छ । बीमा कम्पनीहरु बिच तिब्र अस्वस्थ प्रतिष्पर्धा रहेको छ । एकले अर्काको अभिकर्ता आकर्षित गर्न र अभिकर्तालाई बढी भन्दा बढी सुबिधा दिने होडबाजी नै चलेको देखिन्छ । अभिकर्ता हुनको लागि चाहिने सामान्य तालिम समेत नलिएका र आलाकाँचा युवाहरुको झुण्ड तयार गरी सर्वसाधारणलाई बीमाको बारेमा राम्ररी बुझाउन नसक्ने तर बीमा गर्न दबाव दिने एक प्रकारको आतंकको गुनासो पनि मनग्गै सुनिन्छ । बीमा कम्पनीको ब्यवसाय ठूला ब्यापारिक घरानाका रोजाइमा पर्नुले यो ब्यवसायको महत्व कति छ भन्ने प्रष्टिन्छ ।

कुनै एक कम्पनीले कम्तीमा पनि १०० जना भन्दा बढी कर्मचारी राख्नु तलब सुबिधा पनि राम्रै दिनु र अभिकर्तालाई बाइक देखि गाडी सम्म बाँड्नुले यसभित्रको कमिसन वा अदृश्य लाभलाई यसले प्रष्ट पारेको एकातिर छ भने अर्कोतिर धेरै युवाले अभिकर्ता बनेर राम्रो आम्दानीको श्रोत समेत पनि आर्जन गरेको देखिन्छ तर यति हुँदाहुदैं पनि बीमा कम्पनीले बीमा भुक्तानी गर्नुपर्ने समयमा अनेक कागजी प्रक्रिया देखाई समयमा भुक्तानी नगरेको थुप्रै उदाहरण देखिन्छ । जीवन बीमा गर्दा धेरै जसो बिमितले भोगेको समस्या भनेको आत्मसमर्पण मूख्य हो । सबैजसो बीमा कम्पनीले कम्तीमा २ वर्ष नपुगी आत्मसमर्पण मूल्य प्रदान नगरीदिँदा बीमा भनेको ठग ब्यवसायको रुपमा पनि सर्बसाधारणमा परिभाषित हुन पुगेको देखिन्छ । यस समस्यालाई निराकरणको लागि पहिलो वर्ष पुगेपछि पनि आत्मसमर्पण मूल्यमा रकम प्रदान गर्नुपर्दछ । तर त्यस वापत कम्पनीले अभिकर्तालाई प्रदान गर्न रकम प्रदान नगर्नु वा कमिसनमा पूर्ण बिचार गर्नु उत्तम देखिन्छ । यसो गर्नाले बीमाप्रति अझ मानिसको भरोसा बढ्न जान्छ । त्यसैगरी भुक्तानी गर्नुपर्दा जति सक्दो कम समयमा बढी भुक्तानी गर्न सकेमा जनतामा बिश्वास बढ्न जान्छ । यसको उदाहरणको रुपमा भारतीय बीमा कम्पनीलाई लिन सकिन्छ । भारतीय बीमा कम्पनीहरुले बढीमा तीन दिनभित्र दाबी भुक्तानी गरिसकेका हुन्छन् ।

बीमा कति रकमको गर्ने र कहाँ गर्नेः–

बीमा अभिकर्ताले बीमा गराउँदा कतिको जीवन बीमा गराउने प्रष्ट पारिदिनु पर्ने हुन्छ । केबल कमिशनको लागि मात्र ब्यक्तिको आय स्रोत नहेरी बीमा गराउनाले आत्मसमर्पण गर्ने प्रचलन बढ्दो छ । बीमा केही बर्षको लागि लगानी भएको र बैंकमा राखे जस्तो जुनसुकै बखत रकम निकाल्न सहज नभएकोले बीमित ब्यक्तिले आपूले मासिक वा बार्षिक रुपमा संचित गर्न सक्ने रकमै बीमा गर्नुपर्ने हुन्छ । बीमा जोखिम बहन पनि भएकोले कुनै ब्यक्तिले आफूले बार्षिक जति रकम आम्दानी गर्दछ त्यसको कम्तीमा १० देखि १५ गुणा बढी रकमको बीमा गर्नुपर्दछ । उदाहरणको लागि कुनै ब्यक्तिको बार्षिक आम्दानी तीन लाख छ भने उसले कम्तिमा पनि ३० लाख रकम बराबरको जीवन बीमा गर्नुपर्दछ । जसले गर्दा भविष्यमा उसको अनुपस्थितिमा पनि परिवारलाई जीवन यापनमा सहज होस् । जीवन बीमा जीवन हुन्जेल र जीवनपछि पनि पाइने भएकोले यसको उपयोगिता ज्यादा रहेको छ ।

आगामी दिनमा बीमालाई जन–मानससम्म पुर्याउन वा समाजका हरेक क्षेत्र वा तप्कामा जीवन बीमाको आवश्यकताबोध गराउन बीमा समितिको योगदान वा सक्रियता अझ महत्वपूर्ण रहेको हुन्छ । बिद्यालय तथा विश्व बिद्यालयका पाठ्यक्रममा समावेश गरी शिक्षा क्षेत्रमा समेत सहभागिता पु्याउनको साथै बीमा सम्बन्धी बिभिन्न प्रतियोगितामा एवंम उच्च शैक्षिक क्षेत्रमा बीमा सम्बन्धमा शोध अनुसन्धान आदि कार्य गर्न ब्यक्ति वा संस्थालाई प्रश्रय दिनुपर्ने हुन्छ । त्यसैगरी कुनै पनि ब्यक्तिले लामो समय अवधीको लागि बैंकबाट ऋण रकम लिँदा जीवन बीमा अनिबार्य गरको खण्डमा बीमित र संस्था दुबैलाई उपयोगी हुने देखिन्छ । बीमा समितिले स्थानीय निकाय वा प्रदेश सरकारले आफ्नो क्षेत्र भित्रका समाजमा पछि परेका समूदायलाई जीवन बीमा गर्न र गराउन प्रोत्साहित गर्नुका साथै राज्यबाट पाउने सेवा सुबिधामा जीवन बीमा गरेको ब्यक्तिलाई बिशेष सुबिधा प्रदान गरेको खण्डमा जीवन बीमाको महत्व अझ बढेर जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार