IME Life

दोस्रो बजारमा कम्पनीको छनोट कसरी गर्ने ? केदारनाथ अधिकारीको लेख

SPIL
NIC ASIA

शेयर बजार जोखिम र अवसर दुवै भएको ठाउँ हो । जुन क्षेत्रमा धेरै जोखिम हुन्छ त्यहाँ आम्दानी पनि धेरै हुन्छ र हुनु पनि पर्दछ । सामान्य आम्दानीको लागि किन मान्छेले शेयर बजारमा लगानी गर्छन र ? बरु बैंकमा पैसा राखेर व्याज खान्छन् ।  धेरै शेयर लगानीकर्ताहरुलाई शेयर खरिद गर्ने समय र शेयर खरिद प्रकृया बारेमा जानकारी नभएर शेयर बजारमा कमाउने भन्दा धेरै गुमाउने गरेका छन् । यहाँ हरेक लगानीकर्ताले शेयर बजारबाट धेरै आम्दानी गर्ने रहरले लगानी गरेका हुन्छन । बजारमा शेयरबाट करोडपति भएका व्यक्ति भेटिन्छन त कहिले रोडपति भएका व्यक्ति पनि भटिने गरेका छन् । यहाँ मानिसहरु कहिले शेयर बजारलाई जुवा घर भन्दै कुर्लिन्छन त कहिले अनुत्पादक क्षेत्र भन्दै सामाजिक संजालमा राय व्यक्त गर्छन ।  बजारको तितो सत्य के भने बिना अध्ययन लगानी गर्ने समुहलाई हेर्दा शेयर बजार एक जुवाघर नै  हो । अध्ययन अनुसन्धानबाट सबल मानिएका कम्पनीमा गरिएको लगानी एक असल  लगानी हो । कम्पनीलाई विभिन्न उपयुक्त विधिबाट अध्ययन अनुसन्धानबाट छनोट गरी लगानी गर्दा घाटाको अवस्था शेयर बजारमा आउँदैन ।

दोश्रो बजारमा कारोवार भइरहेका कम्पनीहरुको छनोट कसरी गर्नै ?

🖋 शेयर खरिदका लागि सकेसम्म आफूलाई आवश्यक पुँजी जुटाउनुहोस् । सकेसम्म कर्जा लिएर शेयर बजारमा प्रवेश नगर्नुस । कर्जा लगानी  हो भने पनि आफ्नो दक्ष र अन्य आम्दानीको श्रोतलाई मध्यनजर गर्दै कर्जा लिन सकिन्छ । ऋण रकमको २०, ४० प्रतिशत गर्दै ६० प्रतिशत मात्र रकम शेयरमा हाल्दा ठीक हुन्छ । बाँकी तरलता तथा लगानी योग्य रकमको रुपमा आफुसँग साथमा राख्नु पर्छ । शेयर बजारमा कहिले काहीँ राम्रो मौका आउँन सक्छ र त्यो मौकाको लागि सो रकम प्रयोग गर्न सकिन्छ, त्यस्तै आफुसँग तरलता भएमा कर्जा लिएको बेला बैंकबाट मार्जिन कल आउँदा प्रयोग गर्न सकियो र औसतिकरणमा पनि प्रयोग गर्न सकिन्छ ।

Prabhu
Crest

🖋  विगतको ३ महिना देखिको ट्रेण्डलाई ध्यान दिएर अध्ययन गर्नुहोुस् । लगानीयोग्य समय पहिचान गरी आफू पक्का हुनुहोस् । स्मरण रहोस् कि हामीले अन्धो भएर ट्रेण्डको मात्र भर पर्नु हुँदैन।

🖋  शेयर खरिद गर्दा फेसबुक तथा अन्य सामाजिक संजालमा साथीभाईहरुलाई सोध्ने, छर-छिमेकीलाई सोध्ने नगर्नुहोस् । यहाँ हामी माझ हँसाउने अनि फँसाउने दुवै किसिमका व्यक्ति हुन्छन जसको पहिचानमा हामी चुक्न सक्छौ । हामीले कसैको बहकावमा र हल्लामा लागेर लगानी गर्नु हुँदैन । हामीले त कम्पनीको वित्तीय अवस्था र सूचकहरुलाई आधार बनाई कम्पनी छनोट गर्नु पर्दछ । कम्पनीको बारेमा गहन अध्ययन, अनुसन्धान, सूचना सङ्कलन गर्ने गर्नु पर्दछ र विश्लेषण गर्नुपर्दछ ।

धैर्यता यो एक हरेक लगानीकर्तामा हुनै पर्ने गुण हो । एक कुशल लगानीकर्ताले आफुमा रहेको उत्तेजना र डरलाई  नियन्त्रणमा राख्न सक्नु पर्दछ ।

🖋 उत्कृष्ट १४, १५ वटा कम्पनीको सूची बनाउने र आवश्यक अध्ययन गर्नु पर्छ । कम्पनीका विभिन्न वित्तीय सूचकहरुको तुलनात्मक अध्ययन अनुसन्धान र कम्पनीका सम्बन्धमा आवश्यक सूचना संकलन र विश्लेषण गर्नुपर्दछ ।

🖋 Don’t Put All your Eggs in One Basket ! आफूहरुसँग भएका सम्पूर्ण अण्डा एउटै टोकरीमा राख्नु भयो र यदी केही गरी टोकरी खसेमा सबै अण्डा फुट्ने र नष्ट हुने छ । त्यसैले आफूले अध्ययन गरेका उत्कृष्ट १४, १५ वटा कम्पनी जुन विभिन्न समूह तथा क्षेत्रबाट रहेका हुन्छन । हामीले लगानी विविधिकरण नितीका साथ लागानी गर्नु पर्दछ । यदी केही कारण एउटा क्षेत्रमा गिरावट आयो भने उक्त क्षेत्रबाट हुने नोक्सानी अर्को क्षेत्रबाट नाफा हुन सक्छ ।

🖋 सम्बन्धमा होस वा शेयर बजारमा, बेलाबेला उत्तारचढाब आउने गर्दछ । बजारको बढेपछी घट्ने अनि घटेपछी बढ्ने बानी रहेको हुन्छ । हामीले बजारको यो बानीलाइ नजिकबाट हेर्दै धैर्यताका साथ लगानी योग्य रकम जोहो गरेर अवसरको पर्खाइमा बस्नु पर्दछ ।

🖋 विभिन्न सामाजिक संजालमा रहेर त कहिले मिडिया मार्फत नकरात्मक समचार प्रचार प्रसार गरी कुनैपनि कम्पनीको मुल्य घटाउन तथा बढाउन केही तत्व बेला बेला हामी माझ सक्रिय हुन्छन । तसर्थ सल्लाह सबैको लिने र निर्णय भने आफ्नो स्व-विवेक पुर्याएर लगानी गर्ने गर्नुस ।

🖋  विगतका आफूबाट केही गल्ती भएका छन् भने आगामी दिनमा त्यस्तै गल्ती हुन नदिनुस । गल्ती भनेकै सिक्नका लागि नै घटेको हो भनेर आफूबाट भएका गल्तीबाट केही सिक्नुस ।

🖋 धैर्यता यो एक हरेक लगानीकर्तामा हुनै पर्ने गुण हो । एक कुशल लगानीकर्ताले आफुमा रहेको उत्तेजना र डरलाई  नियन्त्रणमा राख्न सक्नु पर्दछ ।

🖋 शेयर बजारबाट छिटै धनी हुने सपना नदेख्नुस । लोभले लाभ अनि लाभले विलाप भनाई शेयर बजारमा सार्थक हुन्छ । त्यसैले कुनै शेयरमा बिना लोभ आफूले अनुमान गरेजति नाफा आउँछ भने अझै मुल्य बढ्ने भनि नकुर्नु होस । बजार हो उत्तार चढाव आउँछ । बजारको गति सँगै आफुलाई चलायमान बनाउनुहोस । लोभ जस्तै शेयर बजारबाट उचित नाफा कमाउनबाट बन्चित गराउने अर्को दुष्ट तत्व डर पनि एक हो । तसर्थ यी दुई दुष्ट शत्रुलाई परास्त पार्न आफ्ना क्षमताको विकास गर्नु पर्दछ ।

🖋 आफ्नो रकमलाइ विभिन्न कम्पनीका शेयर खरिद गर्नमा लगाउनु पूर्व अल्पकालिन र दिर्घकालीन दुवै  दृष्टिकोणबाट हेर्नुहोस् । यस योजनाले गर्दा बजारमा आएको उतारचढावबाट विचलित हुन पर्ने अवस्था आउने छैन । जसबाट अल्पकालमा फाईदा नउठ्ने सम्भावना भए पनि दिर्घकालमा राम्रै लाभ प्राप्ति गर्ने कम्पनीको छनोट हुने छ ।

🖋  कम्पनीको खुद आम्दानी निरन्तर बढेको छ कि छैन याद गर्नु पर्छ । निरन्तर आम्दानी बढेको कम्पनीलाई राम्रो मानिन्छ ।

🖋 कम्पनीको बिगत ५ बर्षको लाभांशलाई हेर्दा राम्रो हुन्छ। सन्तुलित दरले लाभांश वितरण गरेको छ कि छैन हेर्नुहोस् । लगानीकर्तालाई हकप्रदको भारी बोकाएर आफ्नोे पुँजीलाई वृद्धि गर्ने कम्पनी भन्दा बोनसका रुपमा शेयर दिने कम्पनीलाई हामीले उचित मान्नु पर्दछ ।

🖋 सामुहिक लगानीकोषहरुले लगानी गरेको कम्पनीहरुलाइ तुलनात्ममक रुपमा अन्य कम्पनीहरुभन्दा राम्रो मानिन्छ । हामीले यसबारे बुझ्न तथा हेर्नका लागि उक्त कम्पनीको न्याभ रिपोर्ट हेर्न सक्छौ ।

🖋 बैंक तथा बित्तिय संस्थाले शेयर धितो राखी कर्जा दिने कम्पनीलाई राम्रो मानिन्छ ।

🖋 कम्पनीको वित्तिय अवस्थाका लागि निम्न कुरामा ध्यान दिनुपर्दछ :

  • यदि कुनै पनि कम्पनी किताबी मूल्यको आसपासमा उपलब्ध छ भने सो कम्पनीको शेयर खरिदमा जोखिम कम हुने छ ।
  •  प्रति शेयर आम्दानी सकभर १५ भन्दा बढि भएको कम्पनी छनोट गर्नेमा ध्यान केन्द्रित गर्नु पर्छ । जुन कम्पनीको खुद आम्दानीलाइ जम्मा कम्पनीको शेयर संख्याले भाग गरी निकालिएको हुन्छ ।
  •  मूल्य आम्दानी अनुपात सकभर १५ भन्दा कम भएको कम्पनी छनोट गर्ने । मूल्य आम्दानी अनुपात भनेको कम्पनीको हालको बजार मुल्यलाई प्रति शेयर आम्दनीले भाग गरी आउने परिणाम हो । उदाहरणका लागि यदि कुनै कम्पनीको मूल्य आम्दानी अनुपात १० गुणा छ भने एक रुपैँया कमाउन रु १० तिर्नु परेको कुरा हो ।
  • कुनैपनि कम्पनीको कर्जा र पुँजीको अनुपात २ः१ भन्दा बढि छ भने उक्त कम्पनीलाई तुलनात्मरुपमा बढि जोखिम भएको कम्पनी मानिन्छ । कर्जा र पुँजीको अनुपात भनेको कम्पनीले जम्मा लिएको कर्जालाई कम्पनीको जम्मा पुँजीले भाग गरी आउने परिणाम हो । यसबाट कम्पनीले आफ्नो संचालन पुँजीबाट वा कर्जाबाट के बाट गरी रहेको छ भन्ने कुरा बुझिन्छ । कर्जाबाट भन्दा आफ्नो शेयर पुँजीबाट कम्पनी सन्चालनमा दिने कम्पनीलाई राम्रो मानिन्छ । जसबाट भबिष्यमा कम्पनी टाट पल्टिने अवस्थामा जान सक्ने छैन ।
  • निष्कृय कर्जा बढि भएको कम्पनीलाई अन्य कम भएको कम्पनीको तुलनामा नराम्रो मान्न सकिन्छ ।
  • यहाँ जुन कम्पनीको जगेडा कोष र संचित मुनाफाको आकार बलियो अनि बढ्दो छ त्यस्तो कम्पनीलाई तुलनात्मक रुपमा बढि राम्रो मानिन्छ । यो निश्चित उद्देश्य जस्तो स्थिर सम्पत्ति किन्न, कानुनी सम्बन्धित कुराहरु राफसाफ गर्न तथा ऋण भुक्तान गर्न र शेयरधनीहरुलाई लाभांश वितरण गर्न आदिलाई प्रयोग गर्न सकिन्छ ।

शेयर बजारमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पार्ने निम्न कुरामा ध्यान दिनुहोस :

  • नियमनकारी निकायको सम्बन्धित क्षेत्रका लागि चालेको कदम बारेमा ।
  • शेयर बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्ने प्रबिधिमा आउने परिवर्तनका बारेमा ।
  • बजार सूचकको बढ्दो र घट्दो सकरात्मक तथा नकरात्मक गतिका बारेमा
  • बैकंको ब्याजदर मा आउने  उतारचढावका बारेमा ध्यान दिनुहोस् । बैकंको ब्याजदर र शेयर बजारको वृद्धि दर बिच उल्टो सम्बन्ध रहेको हुन्छ ।
  • उदाँउदा विभिन्न लगानीका क्षेत्र र तिनका अवसरका बारेमा ।
  • कम्पनीको सुशासन र नियमितताका बारेमा ।
  • देशको राजनितिक अवस्थाको बारेमा ।

शेयर बजारले तपाई हामीलाई चुनौतीका साथ साथै अवसर पनि दिईरहेको छ । तसर्थ चुनौतीको सामना गर्दै अवसरबाट फाईदा लिनुहोस र आजैबाट सवल कम्पनीको पहिचान गरी अल्पकालिन तथा दिर्घकालिन दृस्टीकोण सहित आफ्नो लगानीलाई बिस्तार गर्नुहोस ।
सल्लाह र सुझाब सबैबाट लिने अनि निर्णय भने स्वविवेक पुर्याएर गर्ने बानी बसाल्नुस ।

लेखक अधिकारी लगानीकर्ता हुन्।  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

केदारनाथ अधिकारी (केशब)
Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS