आईएमई लाईफमा सिईओ फुयाँल नियुक्त, उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता

Citizen Life Insurance Co

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा कवि फुयाँल नियुक्त भएका छन् । बीमा समितिबाट स्वीकृत पाएपछि बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फुयाँललाई सिईओ पदमा नियुक्त गरेको कम्पनीका सचिव प्रकाश न्यौपानेले जनाएका छन् ।

बैंकिङ्ग सेवा बाट करियर सुरुवात गरेका फुयाँल पछिल्लो समय सिटिजन लाईफमा कार्यरत थिए । फुयाँलले कम्पनीको सञ्चालक समिति समक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ लिई कार्यभार सुरु गरेका छन् । पदभार ग्रहण गर्दै सिईओ फुयाँलले कम्पनीलाई नयाँ गति दिई उत्कृष्ट जीवन बीमा कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार