IME Life

यस्तो छ सप्तकोशी डेभलपमेन्ट बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

SPIL
NIC ASIA

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अधिकांश (११ प्रकारका खाता) मा ४ प्रतिशत र सप्तकोशी प्रिमियम बचत खाता र समृद्धि खातामा ४ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार १२१ दिन र ६ महिना अवधिको मुद्दती बचतमा मासिक ब्याज भुक्तानी ८ प्रतिशत तथा त्रैमासिक ब्याज भुक्तानी ८ दशमलव २५ प्रतिशत, १ वर्ष १६ महिना र २ वर्ष अवधिको मुद्दती बचतमा मासिक ८ दशमलव २५ प्रतिशत तथा त्रैमासिक ब्याज भुक्तानी ८ दशमलव ५० प्रतिशत ब्याज पाइने जनाएको छ।

Prabhu
Crest

पाँच वर्षभन्दा बढी र अक्षयकोष खातामा भने आपसी सहमतिबाट ब्याजदर निर्धारण हुने समेत बैंकले बताएको छ।

बैंकले एकमुष्ठ क्रमिक बचत खातामा एक वर्ष अवधिमा ७, दुई वर्षमा ७ दशमलव ५०, तीन वर्षमा ८, चार वर्षमा ८ दशमलव २५ र पाँच वर्षमा ८ दशमलव ५० प्रतिशत ब्याज उपलब्ध हुनेछ।

बैंकले कर्जा लगानीतर्फ भने आधार ब्याजदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS