IME Life

नेपाली बीमा व्यवसायमा कालीदास प्रवृत्ति

SPIL
NIC ASIA

 

कालिदास त्यस्ता महामुर्ख हुन्, जो आफु बसेको रुखको हाँगो उल्टोतिरबाट काट्ने गर्दथे । पटक पटक भूँईमा पछारिएका उनी पछि गएर ठुलो बिद्वान भए । बीमा क्षेत्रका हामी कालिदासहरू पनि कतै आफ्नै ब्यबसायको जरा काट्ने प्रयास त गरि रहेका छैनौ ? बीमा व्यवसायमा भइरहेको अभ्यास, हुर्कदै गएको संस्कृतिले त्यही कुराको संकेत गर्दछ ।

Prabhu
Crest

म जीवन बीमा कम्पनीमा कार्यरत छु । सुरुमा केही समय सेल्समा काम गरेपछि अन्डरराईटिङको काम गर्न थालेँ । मैले सेल्समा छँदा गरेका गल्तीहरू अहिले सम्झँदै छु । मन डराउँदै छ, ढुकढुकी बढ्दैछ । कतै बीमालेखहरू बिक्री गर्नेक्रममा मैले गरेका लापर्वाहीका कारण मेरो कम्पनी नै भोलि धरापमा पर्ने त होईन ? मैले अन्डरराईटिङको काम गर्दा मेरा अग्रजहरूबाट सिकेका केही कुराहरूले मलाई यस सम्भावित दुर्घटनाको आभाष गराउँदैछ । मैले सिकेका केही कुराहरूलाई बेवास्ता गर्नु प्रत्येक सेल्स कर्मचारीको बाध्यता हो । आफुले लिएको ब्यबसायिक लक्ष (टार्गेट) को चिन्ताले गर्दा आफनो घरमा चुल्हो बाल्न मद्घत गर्ने कम्पनीको चिन्ता गर्ने फुर्सद सेल्स कर्मचारीलाई हुँदैन । त्यसैले बिस्तारै आफ्नै चुल्हो निभाउन तिर आफै लाग्नु पर्ने बाध्यता हुन्छ ।

बीमा ब्यबसाय परम सद्विश्वासको सिद्घान्तमा आधारित हुन्छ । बीमा प्रस्तावलाई स्वीकृत गर्दा प्रस्ताव फारममा भरिएका कुराहरूलाई सत्यको रुपमा स्वीकार गरिन्छ । सोही आधारमा प्रस्तावकको ब्यक्तिगत स्वास्थ्य, आर्थिक अवस्था, पेशागत पृष्ठभूमी र बीमायोग्य हीतको बारेमा बीमक कम्पनीले एउटा धारणा बिकास गरेको हुन्छ । अण्डरराईटिङको काम गर्दा मैले सिकेका मुख्य कुराहरू र त्यसमा बीमा बिक्री क्षेत्रमा कालिदास प्रवृत्ति हुर्कदै जानु चिन्ताको विषय बनेको छ ।

ब्यक्तिगत स्वास्थ्य प्रस्ताव फारममा ब्यक्तिगत स्वास्थ्य सम्बन्धी केही प्रश्नहरू सोधिएका हुन्छन् । बीमा कम्पनीका कर्मचारीहरुले उक्त प्रस्तावकलाई ति प्रश्नहरू सोध्दै नसोधी बीमा स्वीकृत हुनको लागी जस्तो उत्तर चाहिन्छ त्यस्तो आफै भरिदिन्छौ । किनकी हामी झन्झट लिन चाहदैनौ । यदी प्रस्तावकले नियमित रुपमा कुनै दीर्घ रोगको औषधी सेवन गर्ने गरेको कुरा फारममा उल्लेख गर्छ भने अन्डरराइटरले केही थप स्वास्थ परिक्षणको झन्झट थोपरीदिन्छ भन्ने मानसिकता हाम्रो रहन्छ । अझै प्रस्ताब अस्विकृत नै हुने हो की भन्ने चिन्ताले पिरोल्छ ।

केहि अघि परेको एउटा मृत्यु दावीको यहाँ स्मरण गर्न चाहन्छु । बीमा गरेको तीन महिनापछि श्रीमतीको मृत्यु भएकोले बीमा रकम दावी गर्न मृतकका पति सम्बन्धित बीमक कार्यालयमा पुगे । मात्र ४२ बर्षकी बीमित महिलाको सामान्य रुपमा घरैमा मृत्यु भएको लिखित जानकारी गराए । बिभागले आबश्यक कागजात संकलन गरी अनुसन्धान सुरु गर्यो । बीमालेख जारी गर्ने शाखा कार्यालयलाई पनि आबश्यक प्रतिवेदन पेस गर्न भनियो । शाखा प्रमुखबाट बीमितको कालगतीले मृत्यु भएकोले दाबी भुक्तानी दिनुपर्ने राय सहितको प्रतिबेदन आयो । तर दाबी भुक्तानी दिने बिभागले आफ्नो अनुसन्धानबाट निज बीमित महिला चार बर्ष अघिदेखी काठमाडौका बीभिन्न अस्पतालहरूमा क्यान्सरको उपचारार्थ पुगेको र दुई बर्ष अघिदेखी घरैमा नर्स राखेर सेवा लिईएका प्रमाणहरू संकलन गरि सकेको थियो । प्रस्ताब फारममा भने पुर्ण रुपमा स्वस्थ्य रहेको कुरा उल्लेख थियो । बीमा गराउँदा शाखा प्रमुखले पेस गरेको नैतिक जोखिम प्रतिबेदनमा पनि निज बीमा गराउन योग्य रहेको उल्लेख गरिएको थियो । जबकी नैतिक जोखिम प्रतिबेदन प्रस्तावकलाई प्रत्यक्ष देखेको कर्मचारीले मात्र बनाउनुपर्ने हुन्छ । प्रष्ट हुन्छ नैतिक जोखिम प्रतिवेदन बनाउनेले प्रस्तावकलाई देख्दै नदेखी प्रतिवेदन बनाए वा रोगले थलिएको जीर्ण शरिर देख्दा देख्दै पनि बुझ पचाए । निस्कर्षमा उनले आफ्नो टार्गेट र एजेन्टको रुपमा खडा गरिएको छोराको खातामा आउने कमिशन बाहेक केही पनि देखेनन् ।
बीमक कम्पनीले दाबी भुक्तानी दिन अस्वीकार गर्यो । बीमितका पति बीमा समिति र अदालतको धम्की दिएर हिँडे । अब त्यस ब्यक्तिको उसको जीवन भर सम्बन्धित बीमा कम्पनी र सिङ्गो बीमा उद्योगलाई नै बदनाम गरइरहने काम चल्नेछ । उसले देखाएको ऐनामा कम्पनीले फेला पारेका तथ्य प्रमाणहरू कसैले देख्ने छैन । निरन्तर कम्पनीको ख्यातीमा प्रहार भई रहनेछ । त्यस प्रहारको मुख्य जिम्मेवार शाखा प्रमुख तथा कालीदास प्रवृत्तिका कर्मचारी नै हुन् ।

कम्पनीको रक्षा गर्ने दायित्व तपाई कर्मचारीको हो । बीमक कम्पनीमा कागजपत्र मात्र देखिन्छ, मानवीय भावना गौण हुन्छ भन्ने बुझ्नुपर्छ । यदि त्यो दाबी भुक्तानी दिईएको भएपनि रि–इन्स्योरेन्स कम्पनीबाट भुक्तानी पाउने अबस्था थिएन । कम्पनीको थप जरा काटिने थियो । बीमक कम्पनीलाई ब्यक्तित स्वास्थ्य परिक्षणको तयारी डाक्टरी प्रतिवेदनहरू बिक्री गर्ने पोलिक्लिनिकहरू समेत कठमाण्डौमा प्रसस्तै छन् । ति क्लिनिकहरूले डाक्टरको छाप र हस्ताक्षर किर्ते गरी तयार गरिएका नक्कली स्वास्थ प्रतिवेदन खरिद गरे बापत सम्बन्धित कर्मचारीलाई ३३ प्रतिशत सम्म कमिशन समेत दिने गरेको पाईएको छ । त्यस्ता कमिशनले हामी कालिदासहरूको चुल्हो त अबश्य बल्छ । तर समग्र बीमा उधोगमा धरासायी हुनपुग्छ ।

आर्थिक अवस्था
एउटी महिला मलिन अनुहार लिएर बीमक कार्यालयमा आईन् । उनी आफ्नो बीमालेख समर्पण गरी बाँकी रकम फिर्ता लैजान चाहन्थिन् । तर उनको पहिलो बर्षको मात्र किस्ता तिरिएको कारणले उनले कुनै रकम फिर्ता पाउने अवस्था थिएन । त्यो कुरा बुझेर नै उनि कार्यालयमा ब्यक्तिगत अनुरोध लिएर आएकी थिइन् । उनको अनुरोध स्वीकार गर्न सक्ने अबस्था सम्बन्धित कर्मचारीमा हुदैन । उनको गुनासो यस्तो थियो, ‘श्रीमानलाई थाहा नदिई दुईलाख जोगाएकी थिएँ । बीमा गर्ने प्रस्ताब आयो । बीमा गर्नुपर्छ भन्ने थाहा थियो । तर कतिको र कुन योजना गर्ने थाहा थिएन । सम्बन्धित मान्छेले सहि सल्लाह दिएनन् । बैकबाट निकालेर दुई लाख बुभाएँ । मेरो पारिवारीक अवस्था बर्षेनी दुईलाख जम्मा गर्न सक्ने छैन । दोस्रो किस्ता बुझाउन अफिसबाट फोन आएपछि घरमा तनाव सुरु भयो । श्रमानले आर्थिक मामलामा मलाई बिश्वास गर्न पनि छोडिसके । अब मसँग पहिले तिरेको दुई लाख माया मार्नु बाहेक कुनै बिकल्प छैन ।’ यस्तो अथार्थ बयान सुनेर पनि बीमा कम्पनीका कर्मचारीहरुले केही गर्न सक्ने अवस्था छैन । उनले दोस्रो किस्ता जम्मा गर्न सकिनन् । उनको घाँटीको क्षमता भन्दा ठुलो हाड कोच्याउने सम्बन्धित अभिकर्ता र कर्मचारी अपराधी हुन् । यस प्रकारको बीमा बिक्रीबाट बीमीत र बीमक दुबैलाई घाटा मात्र हुन्छ ।

पेशागत पृष्ठभूमी
नेपाली बीमा उघोगले कहिल्यै बिर्सन नसक्ने नाम हो, “गणेश चिलुवाल” । उनले अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनीमा बीमा प्रस्ताव आवेदन गरेर रकम जम्मा गरेका थिए । तत्कालिन समयमा आवेदन स्वीकृत वा अस्विकृत हुन दुई तिन महिनासम्म समय लाग्थ्यो । प्रस्ताव बिचाराधिन रहेकै समयमा बागबजार स्थित उनकै कार्यालयमा दिउँसै गोली हानी उनको हत्या भयो । त्यस पछिमात्र उनको पेशागत पृष्ठभूमी बाहिरियो । उनी तत्कालिन माओवादी प्रतिकार समितिका अध्यक्ष रहेछन् । बीमा प्रस्ताब स्विकृत भई नसकेको कारणले बीमक कम्पनीले दाबी भुक्तानी दिन अस्विकार गर्यो । बीमा शुल्क भुक्तनी लिईसकेको कारण देखाउदै अदालतले दाबी भुक्तानी दिन बीमकलाई आदेश दियो ।

स्पष्ट हुन्छ बीमितको पेशागत पृष्ठभूमि बिचार नगरी जारी गरिएका बीमालेखहरुले समत आफैलाई आधार दिइरहेका बीमक कम्पनीको हाँगा छिमलिन सक्नेछ । यस्ता कुरामा पनि ध्यान दिन आवश्यक छ । साथै यसै सन्दर्भमा सम्पत्ति शुद्धिकरणमा समेत बीमा कर्मचारीहरुले ध्यान दिन आवश्यक छ ।

बीमायोग्य हीत
बीमा सम्भावित आर्थिक क्षतिलाई बीमक कम्पनीमा हस्तान्तरण गर्नको लागि गरिन्छ । परिवारको कमाउने सदस्यको मृत्यु वा अपाङ्गता भएको कारणले आश्रितहरूको बिचल्ली नहोस् भन्नाको लागी बीमा गरिन्छ । त्यसैलाई बीमायोग्य हीत भनिन्छ । बीमा रकमकै प्रलोभनले कस्तो परिस्थि उत्पन्न हुनसक्छ भन्ने उदाहरण कास्की र बारामा भएका अपराधका घटनाहरूले पुष्टि गरिसकेका छन् । त्यसैले कोही आश्रित नभएका ब्यक्तिहरूको बीमा गराउँदा त्यहाँ बीमा योग्यहित हुँदैन र अपराधलाई प्रोत्साहित गर्नसक्छ । जसको कारण भोलि गएर बीमक कम्पनीले समेत बदनामी बेहोर्नुपर्ने हुनसक्छ ।

आउदा दिनहरुमा बीमा उद्यमलाई मर्यादित र स्वस्थ्य बनाउने हो भने मूर्ख कालिदासबाट बिद्वान कालिदास बन्ने तर्फ सबै बीमाकर्मीहरुले बाटो मोड्नु अपरिहार्य छ । बीमा फारम सकेसम्म प्रस्तावकमार्फत नै भराउनुपर्छ । प्रस्तावक बारे सकेसम्म धेरै जानकारी संकलन गरी सम्बन्धीत शाखालाई जानकारी गराउनु सम्बन्धित कर्मचारीको कर्तब्य हो । बीमा प्रस्ताब अघि बढउनु अघि बीमित शारिरक, आर्थिक र पेशागत रुपमा बीमा गराउन योग्य छ वा छैन भन्ने कुरा पटक–पटक बिचार गर्नैपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS