IME Life

बैंकिङ कारोबारको समय घटाउने तयारी, बैंकर्स संघ छलफलमा

SPIL
NIC ASIA

काठमाडौं । राजधानी काठमाडौंसहित देशैभरि कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बैंकहरुले कारोबार समय समेत घटाउने तयारी गरेका छन् । राष्ट्र बैंकले दैनिक प्रशासनिक काम घरैबाट गराउने छुट दिएको छ । बैंकर्स संघले परिवर्तित अवस्थामा बैंकिङ कारोबार कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा छलफल चलाएको जनाएको छ ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार बैंकहरुले हाल प्रवाह गरिरहेको सेवालाई घटाउने बारेमा छलफल भएको छ । आज छलफल भएको हो । यद्यपि निर्णय भने भइसकेको छैन ।

Prabhu
Crest

कोरोना भाइरसको संक्रमण दिनप्रति दिन बढ्दो क्रममा रहेकोले बैंकका कर्मचारीहरुमा त्रास बढिरहेको छ । राजधानीमै एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमै कोरोना भाइरसको संक्रमण फेला परेपछि दुई दिन कार्यालय बन्द गरिएको छ । यसले झनै त्रास बढएको बैकर्स संघले जनाएको छ । बैंकको काउन्टर बन्द नहुने बरु कार्यालय समय केही तलमाथि गर्न सकिने गरी बैंकर्स संघले छलफल चलाएको हो । स्रोतका अनुसार बैंकिङ कारोबारको समय अब घट्न सक्नेछ छ ।

बैंकहरुमा लगातार बढिरहेको कोरोना भाइरसको संक्रमणको कारण राष्ट्र बैंकले समेत वर्क फ्रम होमका लागि अनुमति दिइसकेको छ । यद्यपि बैंकिङ कारोबारको लागि बैंकका काउन्टर खोल्नु अनिवार्य छ । त्यसको लागि राष्ट्र बैंकले न्यूनतम कर्मचारीबाट कार्यालय सञ्चालन गर्न अनुमति दिइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS