IME Life

एभरेष्ट इन्स्योन्सको छलाङ्, मुनाफा ३८१ प्रतिशतले बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले कोरोना महामारीका बीचमा उल्लेख्य प्रगति गर्दै छलाङ मार्न सफल भएको छ । आव २०७६।०७७ को चौथो त्रैमास अर्थात अन्तिम वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवको सोही अवधिको तुलनामा एभरेष्टले ३८१.५४ प्रतिशतले मुनाफा बृद्धि गर्न सफल भएको छ ।

आव २०७५।०७६ मा कूल चार करोड एक लाख १० हजार रुपैयाँ खूद मुनाफा आर्जन गरेकोमा गत आवमा छलाङ मार्दै १९ करोड ३१ लाख ३९ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत आवमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले १५ करोड ३० लाख रुपैया बृद्धि गर्न सफल भएको हो ।

Prabhu
Crest

एभरेष्ट इन्स्योरेन्सले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार  आव २०७६।०७७ मा कूल ४० करोड ८५ लाख ९५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ जबकी अघिल्लो आर्थिक वर्षको समीक्षा अवधीमा ३८ करोड ९२ लाख ४७ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले आम्दानीका दायरा बृद्धि गर्न सफल भएको वित्तीय विवरणबाट देखिएको छ ।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ११ करोड ६० लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष ९ करोड २४ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, सो कम्पनीले लगानी कर्जा तथा अन्यबाट ७ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको व्यवस्थापन खर्च समेत घटेको देखिएको छ । कम्पनीले गत आर्थिक वर्षमा ९१ करोड ९६ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ भने ६५ करोड ९० लाख २८ हजार रुपैयाँ खर्च गरेको छ ।

गत आर्थिक वर्षमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले कूल ७९ हजार ५०२ बीमालेख जारी गरी ९० करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कूल बीमालेख संख्यामा ह्रास आएको छ । समीक्षा अवधीमा अघिल्लो वर्ष ९० हजार ४५६ वटा बीमालेख जारी गरेको थियो । त्यस्तै गत आवमा एभरेष्ट इन्स्योरेन्स कम्पनीले १२० वटा बीमा पोलिसी नविकरण समेत गरेको छ ।

गत आवको असार मसान्त सम्ममा सो बीमा कम्पनीले ४ हजार १५८ दाबी भुक्तानी फस्र्योट गर्दै ४९ करोड १ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने २ हजार ८६१ दाबी वापत ९९ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको वित्तीय विवरणमा उल्लेख छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैंया ६२ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३ गुणा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS