IME Life

चौतारी लघुवित्तको साथ, आफ्नै दृढता र मेहनतले धर्मकला बनिन् सफल पशु उद्यमी

SPIL
NIC ASIA

दैलेख जिल्ला रावतकोट गाँउपालिका वडा नं १० मा जन्मिएकी धर्मकला के.सी औपचारिक शिक्षाबाट बञ्चित थिइन् । उनले आफ्नो पारिवारिक अवस्था र सामाजिक परिस्थितिका कारण घरमै सामान्य साक्षर मात्र बन्ने अवसर पाएकी थिइन् । उनको समग्र बालापन र किशोर अवस्था जन्मभूमिको उकाली ओराली, मेलापात, घाँस दाउरा गरेरै वित्यो । कसलाई हुदैन र पढेर शिक्षीत बनी ठुलो जागिर गर्ने, । हाम्रो समाज न हो पढेपछि छोरी बिग्रन्छन् भन्ने घटिया सोच, बरु विवाह गरेर दिएसी हामी आमा बाबुले पनि स्वर्गमा बाँस पाउँछौं भन्ने अन्धविश्वासिलो सोच । फेरि परिवारको कुरा काट्न पनि नसकिने ।

बुबा आमालाई घरायसी काममा सघाउँदै बित्दै थियो उनको दिन । सोही क्रममा धर्मकलाको दैलेखकै दुल्लु नगरपालिकामा २६ बर्षको उमेरमा खड्ग बहादुर खड्कासँग बैबाहिक सम्बन्ध गासिन पुग्यो । माईतीघर जस्तै सामान्य परिवार उनको त्यही खेतिपाति गर्दै जीवनका अनेकौं घुम्ती र बाटोहरु हिडदै थिइन् धर्मकला । समय क्रमसंगै एक छोरा र एक छोरीको आमा हुने सौभाग्य पाइन् ।

Prabhu
Crest

नगरपालिका क्षेत्र भएपनि उनको घर विकट क्षेत्रको जंगल नजिक थियो । श्रीमान् बेरोजगार हुनु तथा दरिलो आम्दानीको स्रोत नभएपछि बालबच्चाको शिक्षा–दिक्षा र लालन–पालनमा समस्या सिर्जना हुने कुरा स्वभाविक नै थियो । पारिवारिक समस्याबाट गुज्रिएकी उनले गाँउमा नै ज्याला मजदुरी गरी नँया आम्दानीको बाटो खोजी गरी जिविकोपार्जन गर्न थालिन । तर, आम्दानीको स्रोतको लागि पुँजि चाहिन्थ्यो । उनीहरुसँग पुँजि थिएन । सधैंको हातमुख जोर्न धौ धौ थियो । अभाव, तनाव र यथास्थितिका बीचमा धर्मकलाले हिम्मत बटुलिन्, दृढ संकल्प गरिन् र एक दिन गाउमा भएको घरखेत थोरै पैसामा बिक्री गरेर शहर पस्ने निधो गरिन् । अन्ततः धर्मकला २०७० सालमा सुर्खेत जिल्ला विरेन्द्रनगर वडा नं ०२ मा रहेको आफन्तको घरमा बस्न थालिन् ।

आफन्तको घरमा बसेर सधैं गुजारा चल्ने कुरा त भएन । श्रीमानले निर्माण मजदुरको रुपमा स्थानीय क्षेत्रमा काम गर्न थाले । धर्मकलाले पनि बाख्रा पालेर आम्दानी गर्न थालिन् । अब उनीहरुसँग पैसा पनि बचत हुँदै थियो । सोही आम्दानीबाट आफ्नै नाममा थोरै जग्गा खरिद गरी सामान्य घर बनाई बस्न थाले । छोरा–छोरी पनि क्रमशः ठुला हुदै गएर माध्यमिक तहको शिक्षा सम्पन्न भयो ।

दैनिक जीवन दुःख सुख गरेर छोरा छोरीलाई पनि पढाई रहेकी धर्मकलाको जीवनमा एक्कासी श्रीमान् बिरामी परी काम गर्न असमर्थ भए । श्रीमान्को स्वास्थ्य जाँचगर्दा क्षयरोग लागेको थाहा भयो । दैलेखदेखि सुर्खेतसम्मको यात्रा गरेकी धर्मकलाको संघर्षपूर्ण जीवनका लागि बज्रपात जस्तै सावित भयो । एकातिर छोराछोरीको शिक्षाको लागि चाहिने खर्च, अर्कोतिर श्रीमान्को औषधी उपचारको जिम्मेवारी नियतीले धर्मकलाको एकल काँधमा राखिदियो । श्रीमान्को औषधी उपचार, बालबच्चाको शिक्षा, दैनिक घर परिवारको जिम्मेवारी आदी चुनौतिका पहाडले थिचेपछि धर्मकला अग्नि परिक्षामा पर्छिन । उनको श्रीमान्लाई जती औषधी उपचार गरे पनि स्वास्थ्य ठिक भएन उपचारकै दौरानमा श्रीमान्लाई गुमाउनु पर्दा धर्मकला बेसाहारा र अभिभावक विहिन झै बनिन् । अब उनको जीवनमा नयाँ मोड आयो ।

साना लगानीमा स्वरोजगारमुखी व्यवसाय गर्न गाउँ गाउँमा पुगेका लघुवित्त कम्पनीहरुले धर्मकला जस्तै नयाँ जीवनप्रति दृढ संकल्पितहरुको लागि बीऊ पुँजि दिएर सहयोग गरिरहेको छ । सुर्खेतको बाङ्गेसिमल शाखा कार्यालय भएको चौतारी लघुवित्तमा एक दिन धर्मकला पुगिन् । २०७५ सालमा तत्कालिन चौतारी लघुवित्तको बाङ्गेसिमल शाखाद्धारा गठित केन्द्र्रमा सदस्य बनेर सर्वप्रथम ५० हजार बिना धितो तर्फको कर्जा ऋण लिई पुरानै बाख्रा पालन ब्यवसाय पुनः हात हालिन् । आफ्नो डुबेको आर्थिक धरालतलाई माथि उकास्ने सपना बुन्नु र दिन रात मेहनत गर्नुको बिकल्प नभएको उनमा पसिना र लगाबले सही मार्ग पहिल्याउन थाल्यो ।

सोही कर्जाबाट बाख्रा खरिद गरी दिन रात अहोरात्र परिश्रम गरेकी उनले बाख्रा पालन ब्यावसायमा क्रमश सफलता हाशिल गर्न थालिन । त्यो सफलताको पृष्ठभूमी सोही लघुवितले प्रदान गर्ने सिपमूलक व्वयसायीक बाख्रा पालन तालिमबाट सरु भयो। संस्थाले प्रदान गरेको तालिमबाट र्धमकलाले बाख्राको प्रजाती,बाख्रालाई आवश्यक आहारा तथा घाँस र बाख्रासंग सम्बन्धीत रोग बारेमा गहिरो ज्ञान प्राप्त गरिन ।

वित्तीय संस्थाले प्रदान गर्ने बिना धितोको कर्जा, व्यवसायीक तालिम, संस्थाले पटक–पटक गर्ने सदुपयोगिता निरिक्षण र अभिमुखीकरण, संस्थाका कर्चचारीको उत्प्रेरणा र हौसला आदी निजका लागी बरदान जस्तै साबित भएको अनुभव सुनाउँछिन धर्मकला । धर्मकलाले बाख्रा पालन ब्यवसायमार्फत प्राप्त आम्दानीबाट नै छोरीलाई २०७५ सालबाट सिएमए पढाउन सफल भईन भने उनको जीवन पहिले भन्दा निकै सहज भएको अनुभव भएको छ ।

पहिला स्थानीय खरी जातका बाख्राबाट सुरु गरेको ब्यवसायमा हाल जमुनापारी र बोयर जस्ता उन्नत प्रजातीका बाख्रा समेत पालेर मनग्य आम्दानी गर्दै जीवनलाई थप समृद्धि र सरल बनाइरहेकी छिन् । आधुनिक खोर, उन्नत जातका बाख्रामार्फत सफल बाख्रा उद्यमीमा गनिन थालेकी धर्मकलाले स्थानीय दुई जनालाई प्रत्यक्ष रोजगारी समेत दिएकी छिन् । उनले बाख्रा पालन ब्यवसायबाट आर्जन गरेको रकम हालको आरम्भ चौतारी लघुवित्तमा मनग्य बचत गरेको बताउँछिन् । चौतारी लघुवित्तको साथ, धर्मकलाको दृढ अठोट र मेहनतले धर्मकला एक सफल पशु उद्यमी बन्न सफल भएकी छिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS