IME Life

१८४ यात्रु बोकेको जहाज भारतको केरलामाा दुर्घटनाग्रस्त, २० को मृत्यु, अर्बौको बीमा दावी पर्ने

SPIL
NIC ASIA

काठमाडौं । दुबईबाट भारत आउँदै गरेको एयर इण्डियाको बोईङ ७३७ जहाज अवतरणको क्रममा गएराति भारतको केरलास्थित कोझिकोडे कलिकुट विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । १८४ यात्रु बोकेर आएको एयर इण्डिया एक्सप्रेसको सो जहाजका चालक दलका चार जना सदस्य सहित २० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाईम्सले जनाएको छ । तर, बेलायती संचार संस्था डेली मेलले भने जहाजमा १९१ जना रहेकोज जनाएको छ । घाइते मध्ये चार जना यात्रु भग्नावशेषभित्र च्यापिएका थिए । जहाजमा १७४ यात्रु, १० जना बालबालिका, २ जना पाइलट र पाँच जना क्याविन क्रू थिए ।

दुबईबाट केरलास्थित कोझिकोडे विमानस्थलमा अवतरण गर्नु अघि जहाजले दुई राउण्ड आकाशमै फन्को मारेको फ्लाईट राडारले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । हिजो साँझ ७ः४५ बजे अवतरणको क्रमको धावनमार्गमा अवतरणको क्रममा जहाज चिप्लिएर ३५ फिट परेको खोचमा खसेर दुर्घटनाग्रस्त भएको थियो । जहाज दुुई टुक्रा भएर भाँचिएको छ । तत्काल आपतकालिन उद्धार गरिएका कारण जहाजमा आगो लाग्न नपाएको र धेरै मानिसको ज्यान जोगिएको छ । घटनामा १२३ जना घाइते छन् । सो घटनापछि केरलाको कोझिकोडे विमानस्थल बन्द गरिएको छ ।

Prabhu
Crest

बोईङ ७३७ जहाज दुबईबाट यात्रु लिएर आएको थियो । उच्च वर्षाको कारण पहिलो प्रयासमा अवतरण गर्न नसकेपछि सो जहाज धावन मार्गमाथि आएर ओभरसूट गरिएको थियो । पुनः फन्को मार्दै २० मिनेट आकाशमा विताएर अवतरण गरेको जहाज खराव मौषममा जबरजस्ती अवतरण गरेको कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।

दुर्घटनामा तीन अर्बदेखि पाँच अर्ब पर्ने जहाज पूर्ण क्षति भएको छ भने यात्रु बीमा बापतको करोडौं रुपैयाँको भार बीमा कम्पनीमाथि परेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS