IME Life

कुकुरले टोकेको बिरामीको पाटन अस्पतालमा मृत्यु, परिक्षण गर्दा कोरोना पोजेटिभ

SPIL
NIC ASIA

काठमाडौं । सर्लाही घर भएका ४५ बर्षिय पुरुषलाई केही दिन अघि कुकुरले टोकेको थियो । उनमा मधुमेह समेत थियो । ति पुरुषको आज उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । आज पाटन अस्पतालमा मृत्यु भएका दुई जना कोरोना संक्रमित मध्ये उनी पनि एक थिए ।

सुरुमा ललितपुरको स्टार अस्पताल पुगेका उनको त्यहाँ भर्ना गर्दा स्वाव परिक्षणको लागि नमुना निकालिएको थियो । मधुमेहका रोगी कुकुरले टोकेपछि निकै गलेका थिए । स्टार अस्पतालमा भर्ना गरी उपचारको क्रममा स्वास प्रश्वासमा समस्या बढ्दै गयो । सोही क्रममा उनलाई कोरोना पोजेटिभ समेत देखिएपछि पाटन अस्पतालमा रिफर गरियो । पाटन अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, पाटन अस्पतालमा आजै एक ४१ बर्षिया महिलाको पनि मृत्यु भएको छ । सुनौली घर भएकी उनको पाठेघरको क्यान्सरको उपचारको लागि पाटन अस्पतालमा भर्ना भएकी थिईन । उनको आजै मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । राजधानीभित्रै आज कोरोनाबाट दुई जनाको मृत्यु भएपछि कोरोनाको त्रास झनै बढेको छ । बुधबारबाट सहुलियतपूर्ण कोरोना बीमा सुरुवात गरेको छ । सहुलियत पूर्ण कोरोना बीमा शुल्क प्रतिव्यक्ति एक लाखका लागि ३०० र ५० हजारका लागि १५० तोकिएको छ । कोरोना भाइरसको पिसिआर परिक्षणमा पोजेटिभ पुष्टि हुने वित्तिकै बीमा रकम एक लाख वा ५० हजार जुनको बीमा गरेको छ, सो बीमाङ्क रकम पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS