IME Life

बैंक, बीमा कम्पनीहरुमा कोरोना संक्रमित बढ्योः स्वास्थ्य मन्त्रालय

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय बैंक, बीमा कम्पनीहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको जनाएको छ । मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

उनले बैंक, वित्तीय संस्था तथा बीमा कम्पनी कम्पनीहरुमा कोरोना संक्रमितको दर बढ्दै गएको बताए । प्रबक्ता गौतमले पछिल्लो २४ घण्टा ४६४ जनामा नयाँ कोरोना संक्रमित भेटिएको बताए । हालसम्म १५ हजार ८१४ जना निको भइसकेको समेत प्रबक्ता डा. गौतमले जनाए ।

Prabhu
Crest

पछिल्लो समय काठमाडौं बाहिरका बैंकका शाखाहरुमा काम गर्ने कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम बढिरहेको छ । गत साता मात्रै नबिल बैंक र सनराईज बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र सर्वसाधारणले आफ्नो ख्याल राम्रोसँग नगरेमा अस्पतालहरुले उपचार गर्न नसक्ने अवस्था आउने डा. गौतमले चेतावनी दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS