आज उपत्यकाका १०६ जनामा कोरोना पुष्टि

Citizen Life Insurance Co

काठमाडौं । आज शुक्रबार उपत्यकाका तीन जिल्लामा गरी कुल १०६ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ९२ जना, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोरोना देखिएको हो ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमित बढ्दै गएका छन् । बिहीबार पनि उपत्यकाका ८७ जनामा कोरोना देखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार