IME Life

कोरोना बीमा व्यवस्थापनको लागि छुट्टै समिति गठन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले कोरोना बीमा व्यवस्थापनको लागि छुट्टै समिति गठन गरेको छ । कोरोना बीमा मापदण्ड २०७७ जारी गर्दै बीमा समितिले कोरोना बीमाका लागि नेपाल सरकारबाट प्राप्त हुने अनुदान व्यवस्थापनको लागि अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका एक एक जना प्रतिनिधि सहभागी गराई एउटा छुट्टै व्यवस्थापन समिति गठन गरेको हो ।

गत बुधबार जारी नयाँ मापदण्ड अनुसार नेपाल सरकारबाट प्राप्त अनुदान व्यवस्थापन तथा कोरोना बीमा पुलका बीचमा समन्वय सोही व्यवस्थापन समितिले गर्नेछ । व्यवस्थापन समितिमा बीमा समितिका कार्यकारी निर्देशक संयोजक रहनेछन् भने अर्थमन्त्रालयका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्यको रुपमा रहनेछन् । त्यसैगरी, बीमा समितिका एक जना निर्देशक समेत उक्त समितिमा राखिएको छ ।

Prabhu
Crest

व्यवस्थापन समितिको नाममा क बर्गको बाणिज्य बैंकमा छुट्टै खाता खोलेर कोरोना बीमाको अनुदान रकम माग गरी बैंक खातामा जम्मा गरेर बैंक मार्फत नै कोरोना बीमा बापतको अनुदान रकम भुक्तानी गर्ने मापदण्डमार्फत व्यवस्था गरिएको छ । कोरोना बीमा व्यवस्थापन समितिको लेखा परिक्षण समेत महालेखा परिक्षकको कार्यालयमार्फत गराउने बीमा समितिले जनाएको छ ।

कोरोना बीमा मापदण्ड २०७७ मा पहिलो पटक कोरोना बीमाको जोखिम बाँडफाँड समेत गरिएको छ । जसमा पहिलो एक अर्ब बीमक कम्पनी, दोस्रो एक अर्ब पुनर्बीमा कम्पनी, तेस्रो ५० करोड बीमा कम्पनीहरुमा व्यवस्था गरिएको महाविपत्ति कोष, चौथो ५० करोड बीमा समिति र पाँचौं बाँकी जोखिम बहन सबै नेपाल सरकारले व्यवहोर्ने उल्लेख छ ।

बीमा समितिले प्रस्तावनामै अर्थमन्त्रालयको सहमतिमा कोरोना बीमा मापदण्ड २०७७ जारी गरेको जनाएकोले जोखिम बहनमा नेपाल सरकार समेत औपचारिक रुपमा बाँधिन पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS