IME Life

एनएलजी इन्स्योरेन्सको अवतरित हकप्रद भोलिदेखि लिलामीमा

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अवतरित हकप्रद शेयर भोलि (बिहिबार) देखि लिलामीमा बिक्रि गर्ने भएको छ । कम्पनीले एक लाख ६१ हजार ७८ कित्ता शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ७९ हजार ८५३ दशमलव २५ कित्ता र संस्थापक समूहको ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता लिलामी मार्फत विक्री गर्ने भएको हो ।

कम्पनीले २०७६ फागुन २२ गतेबाट असार २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद बिक्रीमा ल्याएकोमा ३६ लाख ८१ हजार ३५९ कित्ता मात्र बिक्री भएको थियो। सो शेयरमा आवेदन नपरेको शेयर बिक्रीमा ल्याइएको हो ।

Prabhu
Crest

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, एनएलजीको केन्दीय कार्यालय पानिपोखरी लाजिम्पाट, र लक्ष्मी बैंकको विर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटबल मिलनचोक, वीरगञ्ज, वाग्लुङ्ग, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी, र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने जनाइएको छ।

लिलामीका लागि आवेदन दिँदा न्यूनतम मूल्य एक सय रुपैयाँ वा सोभन्दा बढीमा प्रतिस्पस्र्धात्मक मूल्यमा आवेदन दिन सकिन्छ। यस्तै न्यूनतम १ सय वा १० ले नि : शेष भाग जाने गरि लिलामीमा आएको सम्पूर्ण कित्ताका माग गरी बोलपत्र पेश गर्न सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS