IME Life

युनाईटेड इन्स्योरेन्समा नयाँ सिईओ नियुक्ती गर्ने प्रस्ताव बीमा समितिमा

SPIL
NIC ASIA

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्त गर्ने प्रस्ताव बीमा समितिमा दर्ता भएको छ । दुई साताअघि बसेको युनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको सिईओमा जीवन भट्टराईलाई नियुक्त गर्ने निर्णय गरी सहमतिको लागि बीमा समितिमा पठाएको हो । बीमा समितिबाट सहमति प्राप्त हुने वित्तिकै भट्टराईलाई सिईओ नियुक्त गरिने युनाईटेड इन्स्योरेन्स कम्पनीका एक सञ्चालकले बताए ।

युनाईटेड इन्स्योरेन्समा चौधरी ग्रुप र एनई ग्रुपको सबैभन्दा धेरै लगानी छ । चौधरी ग्रुप र एनई ग्रुपबीच पद बाँडफाँड सहमति अनुसार एनई ग्रुपले अध्यक्ष र चौधरी ग्रुपले सिईओ पद लिन लागेको हो । सो सहमति अनुसार चौधरी ग्रुपका कर्मचारीको रुपमा रहेका अध्यक्ष भरत बहादुर कार्कीलाई हटाएर एनई ग्रुपका रविभक्त श्रेष्ठ अध्यक्ष बनिसकेका छन् । अब चौधरी ग्रुपको तर्फबाट नयाँ सिईओ नियुक्ती प्रक्रिया अघि बढाइएको हो ।

Prabhu
Crest

सेन्चुरी बैंकमा डेपुटी सिईओको रुपमा कार्यरत जीवन भट्टराईलाई चौधरी ग्रुपको तर्फबाट युनाईटेड इन्स्योरेन्समा गत कार्तिकमा सञ्चालक नियुक्त गरेको थियो । सिईओ बन्ने भएपछि भट्टराईले गत असार ५ गते सञ्चालकबाट राजिनामा दिएका थिए । भट्टराई अनुभवी बैंकर हुन् । युनाईटेड इन्स्योरेन्समा उनको प्रवेशपछि कम्पनीले आक्रामक व्यापार गर्ने विश्वास लिइएको सो कम्पनीका एक सञ्चालकले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS