IME Life

अर्थ मन्त्रालयले स्वीकृत गर्यो कोरोना बीमा कार्यविधि, आजदेखि सरकारी कर्मचारीको कोरोना बीमा निःशुल्क

SPIL
NIC ASIA

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा र सर्वसाधारणको लागि ५० प्रतिशत छुटमा कोरोना बीमा कार्यक्रम आजबाट औपचारिक रुपमा लागू हुँदैछ । बीमा समितिले आज अपरान्ह २ बजे पत्रकार सम्मेलन गरेर सहुलियत कोरोना बीमाको औपचारिक रुपमा सुरुवात गर्न लागेको हो ।

अर्थमन्त्रालयले हिजो सो सम्बन्धी कार्यविधि स्वीकृत गरेपछि बीमा समितिले आजदेखि सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा र सर्वसाधारणको लागि ५० प्रतिशत अनुदानमा कोरोना बीमा गर्ने व्यवस्थाको औपचारिक घोषणा गर्न लागेको जनाएको छ ।

Prabhu
Crest

हाल २० वटै बीमा कम्पनीले बीमा पुलमार्फत कोरोना बीमा सञ्चालन गर्दै आएको छ । कोरोना बीमा दुई प्रकारका छन् । व्यक्तिगत रुपमा बीमा गर्दा एक लाख रुपैयाँ बीमाङ्कको लागि एक हजार र परिवार तथा संस्थागत बीमा गर्दा एक लाख रुपैयाँ बीमाङ्कको लागि ६०० तथा ५० हजारको लागि सो को आधा रकम बीमा शुल्क तोकिएको छ । आजबाट निजामती सेवामा कार्यरत करिब छ लाख कर्मचारीहरुको कोरोना बीमा निःशुल्क हुनेछ भने सर्वसाधारणले तोकिएको दर रेटमा ५० प्रतिशत अनुदान पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS