IME Life

मादमे खोला हाईड्रोपावरको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । कास्कीमा आयोजनास्थल रहेको मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल २४ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा अन्य तीन संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।

मादमे खोला हाइड्रोपावर प्रालिका अध्यक्ष सुसन कर्माचार्यका अनुसार आज एनएमबी बैंकसँग लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

Prabhu
Crest

एनएमबी बैंकको अगुवाईमा ४ वित्तीय संस्थाले ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएका छन । नेपालको ऊर्जा क्षेत्रमा लगानी गरिरहेको अग्रणी बैंक एनएमबीले सो आयोजनामा एक अर्ब ५० करोड लगानी गर्ने भएको छ । आयोजनाको कुल लागत ४ अर्ब ४८ करोड रुपैयाँ अनुमान गरिएको छ ।

जसमध्ये ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ अर्थात ७५ प्रतिशत बैंकहरुको ऋण लगानी हुनेछ । कर्मचारी सञ्चय कोषले ५० करोड, प्रभु बैंक र एनआइसी एसिया बैंकले ५०/५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन । एनएमबीले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछ । २५ प्रतिशत स्वपुँजी भने प्रवर्द्धकहरूबाट जुटाउने योजना छ ।

वित्तीय लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र कम्पनीका तर्फबाट अध्यक्ष कर्माचार्यले हस्ताक्षर गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS