IME Life

पुनर्बीमा कम्पनीले कमायो ९१ करोडभन्दा बढी नाफा, अन्य आम्दानी कस्तो?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा व्यवसायबाट ९ करोड १० लाख रुपैयाँ तथा निर्जीवन व्यवसायबाट ८२ करोड ५० लाख रुपैयाँ गरी कुल ९१ करोड ६१ लाख खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २ दशमलव ७८ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा जीवन बीमा व्यवसायबाट ९ करोड ९ लाख रुपैयाँ र निर्जीवन बीमा व्यवसायबाट ८० करोड ४ लाख रुपैयाँ गरी कुल ८९ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

Prabhu
Crest

चैत मसान्तसम्म कायम ८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जीवन बीमा व्यवसाय र निर्जीवन बीमा व्यवसाय गरी जगेडा कोषमा कुल ३ अर्ब ३१ करोड रुपैयाँ संचिती रहेको छ भने जीवन बीमा व्यवसाय र निर्जीवन बीमा व्यवसाय गरी बीमाकोषमा १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

कम्पनीले यस अवधिसम्म निर्जीवन बीमा व्यवसायबाट ४ अर्ब ६२ करोड रुपैयाँ र जीवन बीमा व्यवसायबाट ३१ करोड २२ लाख रुपैयाँ गरी कुल ४ अर्ब ९४ करोड खुद बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, कम्पनीले यस अवधिसम्ममा निर्जीवन बीमा व्यवसायतर्फबाट १ अर्ब ७४ करोड १६ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ भने जीवन बीमा व्यवसायबाट १० करोड २८ लाख ४० हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS