IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले लिलामीमा राखेको सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले गत चैत १८ गतेदेखि असार १९ गतेसम्म बिक्री गरेको ६० प्रतिशत हकप्रदमा आवेदन नपरेको शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्रीमा ल्याएको थियो । १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेकोमा सबै शेयरमा आवेदन परेको थिएन । न्यूनतम एक सय कित्तादेखी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

कम्पनीको उक्त शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नएमबि क्यापिटल रहेको छ । लिलामीको शेयरमा एनएमबि क्यापिटलका साथै एनएमबि बैंकका विभिन्न शाखा कार्यालय मार्फत आवेदन भर्न सकिने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS