SKIP THIS

IK Anniversary
IME Life

खुल्ला गरिएको लकडाउन पुनः संशोधन गर्दै सरकार

SPIL
NIC ASIA

काठमाडौं । कोरोना महामारीका बीचमा लकडाउन खुल्ला गरेको सरकारले कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएपछि पुनः संशोधन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रलायले खुल्ला गरिएको लकडाउनलाई कसरी थप व्यवस्थित गर्ने भन्ने सम्बन्धमा छलफल अघि बढाएको छ । सरकारले यही साउन ६ गतेदेखि लकडाउन खुल्ला गर्ने निर्णय गरेको थियो । २०७६ चैत्र ११ गतेदेखि जारी लकडाउन १२० दिनपछि खुल्ला गर्ने निर्णय गरेपनि कोरोना भाइरस झनै स्थानीय स्तरमा फैलिन थालेपछि क्षेत्रगत रुपमा लकडाउन घोषणा गरिएको छ । पछिल्लो पटक बीरगन्ज, राजविराजलगायतका स्थानमा लकडाउन जारी छ । पछिल्लो पटक औद्योगिक राजधानी बीरगन्जमा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ ।

राजधानी काठमाडौंमै स्थानीय स्तरमा कोरोनाको संक्रमण फैलिएको आशंकासँगै सरकारले लकडाउन खुल्ला गर्ने नीतिलाई संशोधन गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार लकडाउन नभनेर थप कडाई गर्ने वा पुनः नरम खालको लकडाउन जारी गर्ने भन्ने कोणबाट छलफलहरु अघि बढाइएको छ । यसै सातामा नयाँ निर्णय हुनसक्ने मन्त्रालयको भनाई छ ।

Prabhu
Crest

हिजो स्वास्थ्य मन्त्री भानुभक्त ढकालले एक भिडियो अन्तर्वार्तामा खुल्ला गरिएको लकडाउन संशोधन गर्दै केही कडाई गरिने संकेत गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएकोले नयाँ रणनीतिअनुसार नियन्त्रण गर्ने गरी अघि बढ्न लागेको जनाउ दिएका छन् । मन्त्री ढकालले बाहिरबाट आएका जोसुकैलाई क्वारेन्टाईनमा राखेर मात्रै खुल्ला रुपमा हिडडुल गर्न दिने, र पुनः जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा सरकार लगभग निर्णय गर्ने अवस्थामा पुगेको जनाएका छन् । सरकारले हिजोबाट ६० बर्षमाथिका बृद्धबृद्धा र बालकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गरिएको हो ।

त्यस्तै, विश्व स्वास्थ्य संगठनले पनि राजधानी उपत्यकामा कोरोना भाइरसको अवस्था भयावह हुनसक्ने भन्दै तत्काल एक्सनमा जान चेतावनी दिइसकेको छ । डब्लुएचओका नेपाल प्रतिनिधि डा. जस भ्याण्डलियरले समुदायमा स्तरमा फैलिने चरणमा प्रवेश गर्न लागेको भन्दै सचेतता अपाउना भनेका छन् ।

कोरोना भाइरसको महामारी रुप लिएको पाँच महिना बितिसक्दा समेत सरकारले परिक्षण क्षमताको विकास गर्न नसक्दा अझै पनि अवस्था भयावह हुनसक्ने देखिएको हो । हाल नेपालमा दैनिक १८ हजार जनाको मात्रै परिक्षण गर्न सकिने व्यवस्था छ । जुन अन्त्यन्तै न्यून हो । हालसम्म तीन लाख ७० हजार जनाको मात्रै परिक्षण सम्पन्न भएको सरकारी भनाई छ ।

लकडाउन खुकुलो भएपछि मानिसहरु अनावश्यक रुपमा घर बाहिर निस्कने, घुमफिर गर्ने तथा होटल तथा रेष्टुरेन्टमा खाने गरेकोले अवस्था कोरोनाको संक्रमण स्थानीय स्तरमा फैलिन पुगेको अनुमान गरिएको छ । पछिल्लो पटक राजधानीको सडकमा सुरक्षा व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी नै कोरोनाबाट संक्रमित भएपछि राजधानीमा हिडडुुल गर्ने व्यक्तिहरुमा कोरोना संक्रमण भएको आशंका मन्त्रालयले गरेको छ । अवस्था र तथ्यहरुको विश्लेषणको आधारमा यो साता महत्वपूर्ण निर्णय हुने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS