IME Life

वर्ष दिनमा २३ वटा जल विद्युत आयोजनाको लाईसेन्स खारेज

SPIL
NIC ASIA

काठमाडौं । सरकारले खोलालाई झोलामा हालेर हिडेको आशंकामा एक वर्षमा २३ वटा जल विद्युत आयोजनाको अनुमति पत्र खारेज गरेको छ । विद्युत विकास विभागका अनुसार वर्षदिनमा ८४२ मेगावाट क्षेमताको कूल २३ वटा आयोजनालाई दिइएको अनुमति पत्र खारेज गरिएको हो ।

सरकारले केही वर्षदेखि झोलामा खोला हालेको आशंकामा दर्जनौं विद्युत आयोजनाको लाईसेन्स खारेज गरिसकेको छ । यस वर्ष पनि लाईसेन्स लिएर विद्युत उत्पादनको कार्य अघि नबढाउने आयोजनाहरुलाई खारेज गर्ने क्रम जारी रहने विभागले जनाएको छ । सरकारले ४०० मेगावाटको कालिगण्डकी कावन, ६५ मेगावाटको कालिगण्डकी अपर, ५२ मेगावाटको सुपर बुढिगण्डकी, ७५ मेगावाटको त्रिशुली गल्छी, ७५ मेगावाटको दुधकोशी लगायतका २३ वटा आयोजना छन् ।

Prabhu
Crest

विभागले विद्युत आयोजनाको अनुमति खारेज गर्न विभागले नियमित अनुगमन समेत गरिरहेको जनाएको छ । विद्युत विकासको अनुमति लिई काम नगर्ने आयोजनाहरु खारेज गर्न विभागले कन्जुस्याई नगर्ने समेत प्रष्ट पारेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS