थप २४६ जनामा कोरोनो पुष्टि, १ सय ११ जना डिस्चार्ज

Citizen Life Insurance Co

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । आज १ सय ११ जना स्रंकमितहरु डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ५७ जना कोरोना संक्रमितहरुको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार